दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार २०:२६:१३
२९ असोज, काठमाडौं । गत साउन र भदौमा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ ।
मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको हो ।
गत वर्षको साउन र भदौमा रेमिट्यान्स १८.७ प्रतिशतले बढेको थियो । गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ जबकी गत वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । गत वर्षको सोही अवधिमा ७४ हजार ४५५ ले अन्तिम श्रम स्वीकृति र ३२ हजार ४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
दक्षिणी लेबनानमा रहेको शान्ति सेनामाथि आक्रमण गरी इजरायलले निन्दनीय काम गर्योः नेपाल
असोज २९, २०८१ मंगलबार
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान
असोज २९, २०८१ मंगलबार
पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल
असोज २९, २०८१ मंगलबार
निगमले बढायो इन्धनको मूल्य, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ बढ्यो
असोज २९, २०८१ मंगलबार
कुलेखानीमा जलविहार गर्दै पर्यटक
असोज २९, २०८१ मंगलबार