एमालेप्रति विश्वप्रकाशको टिप्पणी:- कांग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार २०:५८:३१
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यालय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठुला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्यचौकी निर्माण गर्न भन्न मिल्ने भन्दै टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, प्रधानमन्त्रीज्यू, राज्यले ठुला व्यवसायीलाई अपील गर्न मिल्छ
भुकम्प प्रभावितलाई हजार घर बनाइदेउ ।
अनि बाढिले नबग्ने सय पुल ।
गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी ।
अझ ठुलो 'दान' लिनेदिने भए, देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देउ, यस्तो पनि त भन्न र गर्न मिल्छ ।
उनले कांग्रेसले आफ्ना तत्कालिन चार लाख सदस्यको सहयोगमा पार्टी कार्यालय बनाएको उल्लेख गर्दै स्वदेश र विदेशमा रहेका सबै सदस्यले यसप्रति गर्व गर्ने बताए ।
उनले भनेका छन्, स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन्, हाम्रो केन्द्रीय कार्यालय 'हामीले' बनाएका हौं । हो, कयौं व्यवसायीको ससानो धन पनि यो निर्माणमा जोडिएको छ । तर मुलत पार्टी सदस्यको 'मन' जोडिएको छ । यो बन्दै गर्दा उस बेलाका ४ लाख बढी कृयाशिल सदस्यताको रकम यसमा प्रयोग भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार