सर्बियामाथि स्पेनको शानदार जित
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार ९:३८:४७
३० असोज, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले सर्बियामाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न समुह चार अन्तर्गतको खेलमा स्पेनले सर्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा आइमेरिक लापोर्टे, अल्भारो मोराटा र एलेक्स बाएनाले एक एक गोल गरेका थिए । यस खेलमा स्ट्राहिन्जा पाभ्लोभिकले खेलको ७६औं मिनेटमा रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा सिमित भएको थियो ।
त्यस्तै समुह चारकै अर्को खेलमा स्वीजरल्याण्ड र डेनमार्क २-२ गोलको बराबरीमा रोकिएका छन् । यस खेलमा स्वीजरल्याण्डका लागि रिमो फ्रेउलेर र जेकी अमडोउनीले एक एक गोल गरेका थिए । त्यस्तै डेनमार्कका लागि गुस्टभ इसाकसेन र क्रिस्टियन इरिक्सनले एक एक गोल गरेका थिए ।
यी खेलपछि समुह चारमा स्पेन ४ खेलमा १० अंकसहित शिर्ष स्थानमा रहेको छ भने डेनमार्क ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै सर्बिया ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने स्वीजरल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचर्चित फुटबल प्रशिक्षक थोमस बने इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक
असोज ३०, २०८१ बुधबार
थोमस टुचल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्दै
असोज ३०, २०८१ बुधबार
एम्बाप्पेमाथि स्विडेनमा बलात्कारको आरोप !
असोज २९, २०८१ मंगलबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
कात्तिक महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक: १० बैंकले घटाए, ९ वटाको स्थिर
असोज ३०, २०८१ बुधबार
वर्तमान संविधान र लोकतान्त्रिक प्रणालीमा ‘कम्प्रोमाइज’ हुँदैन : प्रधानमन्त्री ओली
असोज ३०, २०८१ बुधबार
नाइजेरियामा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु
असोज ३०, २०८१ बुधबार
इङल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडी
असोज ३०, २०८१ बुधबार
६९ औं प्रहरी दिवस सम्पन्न: शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण
असोज ३०, २०८१ बुधबार
तीन पुर्व क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' सम्मान
असोज ३०, २०८१ बुधबार
प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि गृहमन्त्री लेखक प्रतिबद्व
असोज ३०, २०८१ बुधबार