उद्योगीलाई प्राधिकरणको चेतावनी, कात्तिक ८ गतेभित्र बक्यौता नतिरे लाइन काटिन्छ
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार ११:२५:३
३० असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता कात्तिक ८ गतेभित्र बुझाउन ताकेता गरेको छ । ४९ उद्योगलाई प्राधिकरणले पत्र पठाएर बक्यौता नतिरे विद्युत् लाइन काट्ने चेतावनी दिएको छ ।
२४ असोजमा सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले बक्यौता तिर्न उद्योगहरूलाई ताकेता गरेको छ । ८ अर्ब ४ करोड ९ लाख हाराहारीमा रहेको कुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ । सार्वजनिक सूचना र सीधै पत्र पठाउँदासमेत हालसम्म कुनै पनि उद्योग सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ । दसैँ बिदा सकिएपछि मंगलबारदेखि नै कार्यालयहरु खुलेका छन् । अब यो विषयमा प्राधिकरणले थप छलफल पनि अघि बढाउने बताएको छ ।
बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत असार २५, २६ र २७ गते ६ उद्योगको लाइन काटेको थियो । कानुनअनुसार बक्यौता नतिरेसम्म काटिएको लाइन जोड्न मिल्दैन । प्राधिकरणले ८ साउनको निर्णय तत्काल पत्रमार्फत उद्योगहरूलाई दिएको थियो । त्यसपछि २५ भदौ, २२ असोजमा पनि पत्रमार्फत ताकेता गरिएको थियो । साथै, २४ असोजमा सार्वजनिक सूचना पनि प्रकाशन गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार