भ्रष्टाचार गर्दिन भन्थे, ललिता निवास प्रकरणसँग जोडिएर जग्गा दान लिए

नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १३:३७:०

३० असोज, काठमाडौं । ललिता निवासको जग्गा प्रकरण नीतिगत भ्रष्टाचारको चरम विन्दु हो । भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यतिबेला पार्टी कार्यालय बनाउन शिलान्यास गरेको जग्गा ललिता निवास प्रकरणसँग जोडिन पुगेको छ । ललिता निवास प्रकरणमा मुख्य दोषी भनिएका व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने भएपछि एमालेभित्र यतिबेला ठूलै रंडाको छ । ओलीका अगाडी केहीले मात्र मुख खोलेर यसको विरोध गरेका छन् । एमालेको पदाधिकारी तह बचाउनमा उत्रिएको छ ।
खासमा बालुवाटार जग्गा प्रकरणमा त्यतीबेला प्रमुख प्रतिपक्षी दलको नेता रहेका अध्यक्ष ओलीले गुरुङलाई लगाएको गुन यतिबला उनले तिरेका हुन् । बालुवाटारको ललिता निवासको जग्गा हिनामिना प्रकरणमा गुरुङलाई बचाउ गर्न लगाएको गुन फिर्ता स्वरुप मिनबहादुर गुरुङले पार्टी कार्यालयका लागि जग्गा दिएका हुन् । त्यो भ्रष्टाचार प्रकरणबाट आएको जग्गामा पार्टी कार्यालय बनाउँदा भ्रष्टाचार नै भएको मानिने एमालेकै एकथरी नेताहरुको भनाइ छ । एमालेभन्दा बाहिरको पंक्तिमा पनि ओेलीको भ्रष्टाचार गर्दिन भन्ने भनाइ गलत भएको व्यख्या हुन थालेको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा गुरुङ पक्राउ परेपछि तत्कालीन प्रतिपक्षी एमालेका अध्यक्ष ओलीले प्रतिरक्षा गरेका थिए । त्यसको गुन तिर्न नेकपा एमालेको पार्टी कार्यालय भाटभटेनीका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले बनाइदिने भएपछि त्यसको व्यापक आलोचना भएको हो । ओलीलाई यो दान निकै महंगो पर्ने पनि देखिएको छ । पार्टीभित्र र बाहिर यसको आलोचना भइरहेको छ । एमालेका पार्टी पंक्तिमा शीर निहुरिएको भन्दै अध्यक्ष केपी ओलीको सुषुप्त रुपमा विरोध भइरहेको छ । खासगरी एमालेका इमानदार नेता कार्यकर्ता यो दानको विपक्षमा देखिएका छन् ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय शिलान्यासको कुरा निकालेर भनेका थिए, एक जना दानवीरले जग्गा दान गर्छु भन्नु भएको छ । २५ गते समय खाली राख्नुहोला शिलान्यासको कार्यक्रम तय भएको छ । काठमाडौंको कीर्तिपुरमा गुरुङले दान गरेको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरिसकेपछि एमालेभित्र एक प्रकारको तरंग नै पैदा भएको थियो । व्यवसायी गुरुङले आगामी वर्षको घटस्थापनाका दिन भवन तथा जग्गा हस्तान्तरण हुने गरी निर्माणको काम भइरहेको छ ।
एमाले स्थायी कमिटी सदस्य बिन्दा नेपालीले साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शीर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम फिर्ता लिन माग गरेकी भएपनि एमाले अध्यक्ष ओलीले निर्णयबाट फिर्ता नहुने जनाइसकेका छन् । व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको पाण्डेको टिप्पणी छ ।
ललिता निवास प्रकरणमा गुरुङ पक्राउ परेका ओलीले प्रतिरक्षा गरेका थिए । ओलीले प्रतिरक्षा गरेपनि २०८० फागुन ३ मा विशेष अदालतले फैसला दिँदै गुरुङसहित १ सय ३१ जनालाई दोषी ठहर गरेको छ । विशेषले गुरुङलाई ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद र उनी तथा परिवारका नाममा राखिएको ललिता निवासको जग्गा जफत गर्ने फैसला सुनाएको छ । असोज दोस्रो साता मात्रै फैसलाको पूर्ण पाठ आएको थियो । अहिले पार्टीभित्रबाटै आलोचना भएपछि एमाले प्रचार विभागले प्रेस नोट जारी गरेको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी कार्यालय निर्माणलाई लिएर भ्रम फैलाइएको भन्दै यसमा लेनादेना नभएको दाबी गरेका छन् । ‘एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेक खालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी र पार्टी नेतृत्वविरुद्ध विषवमन गर्ने काम भइरहेको छ,’ प्रेस नोटमा भनिएको छ । तथ्य के हो, एक जना दानवीर मीनबहादुर गुरुङ र सावित्री घलेले बाढी, लेदोले क्षतविक्षत भएको एमालेको केन्द्रीय कार्यालयको दुरवस्था देखी नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्याे । तथ्य नबुझी बदनाम नगरौं, प्रेस विज्ञप्तीमा उल्लेख छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताल भवन निर्माण, विपद् व्यवस्थापन कोषमा सहयोग जस्ता राम्रा काम गरेको भए पनि सत्तारूढ दलको मुख्यालय नै बनाइदिनु र त्यसलाई दलले स्वीकार गर्नुको पछाडि स्वार्थको द्वन्द्व प्रकट भएको टिप्पणी एमाले नेताको छ भने प्रधानमन्त्रीको पार्टीले अर्बौंको सम्पत्ति दान लिनुको पछाडि राजनीतिक र आर्थिक स्वार्थ जोडिएको देखिन्छ । यसमा लिने र दिने दुवैको स्वार्थ देखिएको छ ।
एमालेको एउटा पक्षले व्यवसायीबाट यति ठूलो दान लिने कार्यले पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको छवि धूमिल बनाएको आरोप ओलीमाथि लगाएको छ । यस घटनाले एमाले आसेपासे पुँजीवादीको फन्दामा पर्दै गएको स्पष्ट गरेको छ भने पार्टीलाई भौतिक लाभ भए पनि राजनीतिक हिसाबले यसबाट ओलीलाई धेरै घाटा हुने देखिएको छ ।
माओवादी अलग भएपछि एमालेले पार्टी कार्यालय थापाथलीस्थित एक निजी घरमा सारेको थियो । त्यो घर व्यापारी सञ्जय अग्रवालको हो । त्यसको समेत आलोचना भएपछि २०७९ वैशाखमा एमाले पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको संरचनामा सारिएको थियो । राजनीतिक तथा सामाजिक अध्ययन अनुसन्धान गर्न भन्दै वामपन्थी नेता तुलसीलाल अमात्यको स्मृतिमा खोलिएको प्रतिष्ठानलाई २०५८ चैत १० को मन्त्रिपरिषद् बैठकले १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गाको भोगाधिकार दिएको थियो । यो कार्यालयमा पनि बाढी पसेपछि एमालेले अर्को भवनको खोजी गरेको थियो । जसको सुनुवाइ भाटभटेनीका सञ्चालक गुरुङले गरिदिए ।
ललिता निवासको जग्गा हिनामिनामा प्रहरीको सीआईबीले गरेको अनुसन्धानका आधारमा गुरुङसहित ३ सय ११ जनाविरुद्ध काठमाडौं अदालतमा दायर किर्तेसम्बन्धी मुद्दा विचाराधीन छ । त्यस्तै, विभिन्न फर्मको आवरणमा नक्कली बिलबिजक प्रयोग गरी कर छलेको ठहर गर्दै ठूला करदाता कार्यालयले २०६९ भदौ १ मा भाटभटेनीबाट १ अर्ब ५३ करोड असुल्ने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध भाटभटेनी राजस्व अनुसन्धान विभाग, राजस्व न्यायाधिकरण, सर्वोच्च अदालत पुगे पनि २०८० माघ १६ मा सर्वोच्चले भाटभटेनीलाई नै दोषी ठहर गरेको थियो । यस्ता गुरुङले दिएको दान भ्रष्टाचार सरह हुने धेरैको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल संगठनको जग्गा प्रकरणप्रति चासो देखाउँदै मानवअधिकार आयोगले माग्यो अनुसन्धान फाइल
फागुन २, २०८१ शुक्रबार
उच्च भ्रष्टाचारको सूचीमा नेपाल, १०० मा ३४ अंकसहित १०७ औँ स्थानमा पर्यो
माघ २९, २०८१ मंगलबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार