सर्वोच्च अदालतको भवन निर्माणसँग जोडिएर प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध परे दुई उजुरी
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १४:१५:४२
३० असोज, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । सर्वोच्च अदालतको भवन निर्माणमा उनले गरेको गल्तीलाई उजुरीमा समेटिएको छ । संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले उनीविरुद्ध निर्धारित समयमा दुईवटा उजुरी परेको जानकारी दिइन् ।
प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको हो । निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित उजुरीले उनलाई समस्यामा पाने सम्भावना छ । अर्को उजुरी भने नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।
न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एशोसियसनले विरोध गरेको थियो । संविधान र कानुन अनुसार नियुक्ति नभएको भनेर बारले विरोध जनाएको थियो । त्यसैसँग सम्बन्धित रहेर उजुरी परेको हो बताइएको छ । उनीसँगै सर्वोच्चको न्यायाधीश सिफारिस भएका नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी नपरेको बताइएको छ ।
संसदीय सुनुवाइ समितिको यही असोज १५ गतेको बैठकको निर्णयबाट सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार