भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १४:३६:१३
सञ्जय मिश्रा
३० असोज, रौतहट । रौतहटको कटहारिया बजारमा भारतीय फिल्मी शैलीमा ५ किलोमिटर टाढाको गाउँबाट दर्जन बढी मोटरसाइकलमा तीन तीनजना लाठी भालासहित आएर स्थानीय राकेश गिरीमाथि सांघातिक आक्रमण गर्ने गिरोहलाई नेताहरूले बचाउने प्रयास गरेपनि असफल भएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ५ जनालाई कारवाहीको दायरामा ल्याइएको छ । गत २७ गते आइतबार बिहान ९ बजे ३५ बर्षीय गिरी कटहरिया नगरपालिका भवन छेउको चिया पसलमा बसिरहेको रेकी गरेर वडा ८ पिप्रापोखरिया गाउँबाट झण्डै तीन दर्जनको संख्यामा आएका मानिसहरूले सांघातिक आक्रमण गरेका थिए । सामान्य कुराको निहु पारेर अन्य गाउँबाट एकैपटक त्यत्रो ठूलो संख्यामा मानिसहरू आएर ज्यानै जाने गरी आक्रमण गर्नु कटहरिया बजारको इतिहासमा पहिलो घटना भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।
कटहरिया ८ का वडा अध्यक्ष समिश बिक्रम साहको योजनामा दर्जनौंको संख्यामा आएका आक्रमणकारीहरू एक्कासी गिरी माथि दुंगााको बर्सात गरेको पीडित परिवारले बताएका छन् । ढुंगा प्रहारबाट गिरीको टाउको फुटेपछि आक्रमणकारीहरुले सँगै ल्याएको बाँसको लाठी भाला, दाउराले तल खुटादेखि टाउकोसम्म झण्डै १० मिनेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गिरीलाई मर्नेगरी अन्धाधुन्ध कुटपिट गरिरहेको क्रममा छुट्याउन गाएकी चिया पसलकी साउनीलाई समेत उनीहरूले कुटपिट गरेका थिए । यसरी आक्रमणकारीको अन्यायपूर्ण ब्यवहार हेरेर कटहरियाका युवाहरुको समुहले होहल्ला गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए ।
सांघातिक आक्रमणबाट गिरीको टाउको लगायत शरीरको प्रायः सम्पूर्ण ठाउँमा गहिरो चोटपटक लागेर बिरगंज स्थित एउटा निजी अस्पतालमा उपचार पछी हिजो साँझ घर आएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्माले बताएका छन् । त्यसैगरी चिया पसल साउनी ६० बर्षिया प्रेमज्योति साहको शरीरको धेरै ठाउँमा गहिरो चोटपटक लागेको र उपचार पछि उनी पनि घर फर्किसकेका सई शर्माले जानकारी दिएका छन् ।
घटना पछी स्थानीयको सहयोगमा प्रहरीले ४ जना लाई पक्राउ गरेको छ । पिप्रापोखरिया गाउँका ७२ बर्षीय तेजिलाल यादव, ३६ बर्षीय सिकिन्दर यादव र २८ बर्षीय परशुराम बिक्रम साह लाई घटनास्थल को केही दूरी बाट पक्राउ गरिएको थियो । त्यस्तै तेजिलालको छोरा ३५ बर्षीय जितेन्द्र यादवलाई घटनास्थल बाट २ किलोमीटर टाढा कटहरिया गाउँ छेउको बाँसको रुख माथि चढेर लुकिवसेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।
पक्राउ परेका चारैजना हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रण मा रहेको डीएसपी राजन कार्कीले बताएका छन् । चारजना मध्ये दुईजनालाई पनि केही चोटपटक लागेको तथा उनीहरूको उपचार भइरहेको डीएसपी कार्कीले जानकारी दिएका छन् । कटहरिया बजारमा दुर्गा पूजाको अवसरमा आयोजित मेलामा सनिवार राती नाच भइरहेको थियो । सोही क्रममा वडा अध्यक्ष साहका काका प्रताप साहका छोरा पर्शु बिक्रम साह र जितेन्द्र यादव अत्यधिक मदिरा सेवन गरी पटकपटक नाचको स्टेजमा चढ्न खोज्दा त्यहाँ रहेका मेला समितिका युवाहरु संगै पीडित गिरीले उनीहरुलाई सामान्य हातपात गरी भगाएका भगाएको प्रत्यक्षदर्शी बिनोद साहले बताएका छन् ।
सोही बिषयमा वडा अध्यक्ष साह तथा उनका मानिसहरू कानुनी उपचार खोज्नुको साटो जंगली शैलीमा राति नै आएर गिरी माथि आक्रमण गर्न खोज्दा प्रहरीले उनीहरुलाई धपाएका थिए । तर पुनः भोलिपल्ट आएर गिरीमाथी पुनः आक्रमण गरेको थियो । वडा ५ का अध्यक्ष सर्फलाल प्रसादले केही जनप्रतिनिधि कटहरिया बजार माथि आफ्नो बर्चस्व कायम राख्न तथा स्थानिय ब्यापारी, तथा बिभिन्न दलका कार्यकर्तालाई डराउन वडा अध्यक्षलाई अघी सारेर षडयन्त्रपूर्ण तरिकाले यो दुःखद घटना गराएको दाबी गरेका छन् ।
स्थानिय ब्यापारी तथा मेयर प्रत्याशी योगेन्द्र साहले सामान्य घटनालाई अतिरञ्जित बनाएर ज्यानै लिने गरी भएको सांघातिक हमलामा संलग्न माथी कडा कार्वाही हुनुपर्ने माग गरेका छन् ।
यसै बीच रौतहट स्थित नेपाली कांग्रेसका एकजना प्रतिनिधिसभा सदस्य, जसपाका एकजना बरिष्ठ नेता , एकजना मेयर लगायत केही नेताहरूले आक्रमणकारी लाई बचाउन प्रहरी प्रशासन संगै पीडित माथी दवाब दिएका थिए। प्रहरी र पीडित लाई कानुनी कारवाही तर्फ नगएर छलफल गरी दण्ड जरिबाना गरेर समस्या समाधान गरी दोषी लाई जोगाउन नेताहरुले चलखेल गरेको पीडित राकेश गिरीकी बहिनी मञ्जु गिरीले दुखेसो पोखेकी छिन्। यसैबीच पीडित राकेश गिरीले आफू छलफल र पञ्चायतमा नजाने बरु कानुनी कारवाहीको लागि मंगलवार ईलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दिएकाले प्रहरी प्रशासनले आफूलाई न्याय दिनमा विश्वस्त रहेको बताएका छन्।
जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आक्रमणमा संलग्न ५ जना माथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिएका छन्। घटनामा संलग्न केही मानिस नियन्त्रणमा रहेको तथा फरारको खोजी भईरहेको डिएसपी कार्कीले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
असोज १९, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
कात्तिक महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक: १० बैंकले घटाए, ९ वटाको स्थिर
असोज ३०, २०८१ बुधबार
प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि गृहमन्त्री लेखक प्रतिबद्व
असोज ३०, २०८१ बुधबार
बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि
असोज ३०, २०८१ बुधबार
फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
असोज ३०, २०८१ बुधबार
भारत र न्यूजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल रद्द
असोज ३०, २०८१ बुधबार
आज साँझ ६ बजेदेखि भोली विहान ४ बजेसम्म वीपी राजमार्ग बन्द हुने
असोज ३०, २०८१ बुधबार
ट्रम्पको चुनावी अभियानलाई मस्कले गरे ७५ मिलियन डलर दान
असोज ३०, २०८१ बुधबार