साहित्यकार थापाले रचना गरेको प्रहरी नारा सर्वोत्कृष्ट हुन सफल
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १४:४०:४६
३० असोज, काठमाडौं । साहित्यकार घनबहादुर थापाले लेखेको प्रहरी नारा सर्वोत्कृष्ट हुन सफल भएको छ । प्रहरी प्रधान कार्यालयले आह्वान गरेको प्रहरी नारा प्रतिस्पर्धामा काठमाडौंका लेखक थापाले लेखेको दुईवटा नारा सर्वोत्कृष्ट हुन सफल भएको हो ।
प्रहरी नारा लेखक प्रतियोगितामा प्रथम भएका उनले नगद रु २० हजार पुरस्कारसमेत प्राप्त गरे । साइबर सुरक्षामा नेपाल प्रहरीको भूमिका र अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको भूमिका गरी दुई विषयसँग सम्बन्धित रहेर दुईवटा अलगअलग नाराका लागि प्रतियोगिता आयोजना गरिएको थियो ।
उक्त प्रतिस्पर्धामा नेपाल प्रहरीमा प्राप्त भएका नाराहरुमध्येबाट थापाले लेखेको दुईवटै नाराले प्रथम स्थान हासिल गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । सर्वोत्कृष्ट बन्न सफल प्रहरी नारा साइबर सुरक्षातर्फ ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौँ निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण तथा अनुसन्धानतर्फ ‘अपराध रोक्ने सङ्कल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ रहेका छन् ।
लेखक थापाले नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्नेगरी प्रहरी नारा रचना गरिएको भन्दै दुवै नारा छनोट भएकामा खुसी व्यक्त गरे । उनले आफूले लेखेको नारा प्रहरीका हरेक कार्यक्रम तथा गतिविधिमा समावेश हुने भएकाले शान्तिसुरक्षा तथा अमनचयनमा आफूले पनि एक नागरिकका तर्फबाट योगदान दिएको अनुभूत भएको प्रतिक्रिया दिए ।
साहित्यकार घनबहादुर थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबाट नगद २० हजार पुरस्कारसहित कदरपत्रबाट सम्मान प्रदान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले आफ्नो ६९औँ प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित रहेर खुला प्रहरी नारा छनोट प्रतियोगिता आयोजना गरेको थियो ।
साहित्यकार थापा यसअघि पनि विभिन्न साहित्यिक पुरस्कार र राष्ट्रिय अन्तर्राष्ट्रिय पदकद्वारा समेत सम्मानित भइसकेका छन्। उनका एकल तथा संयुक्त गरी छवटा पुस्तक र करिब पाँच सय बढी लेखरचना प्रकाशित छन् । उनको ‘तिमीलाई नै’ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
मनुङकोटमा आन्तरिक पर्यटकको चहलपहल
मंसिर ६, २०८१ बिहिबार
३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार