राप्रपा महामन्त्री राणालाई क्यान्सर, भारतमा उपचार गर्दै
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १४:५८:१२
२९ असाेज, काठमाडौं । क्यान्सरको उपचार गरेर स्वास्थ्यलाभ गरिरहेका राप्रपाका महामन्त्री डा। धवलशम्शेर राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताएका छन् ।
‘जटील रोगको उपचारबाट स्वस्थ्य भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ । देश, जनता र पार्टीका एजेण्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले सामाजिक सञ्जालमा जारी सन्देशमा भनेका छन् । ‘तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु ।’
राप्रपा नेता राणालाई गिंजामा क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा डा। सुल्तान प्रधानको टीमले सल्यक्रिया गरेको थियो । राणा अस्पतालबाट मंगलबार डिस्चार्ज भए भने केही दिन मुम्बई बसेर नेपाल फर्कने छन् । ‘म स्वास्थ्यलाभ गरी केही दिनमै नेपाल फर्कने जानकारी सम्पूर्ण शुभचिन्तकहरूमा गराउन चाहन्छु,’ उनले भने ।
‘भगवानको आशिर्वाद र तपाईंहरु सबैको प्रार्थनाले म अहिले पूर्ण रूपमा स्वस्थ हुँदैछु । अस्पतालबाट डिस्चार्ज भएको छु । अस्वस्थ्य भई अस्पतालमा उपचाररत भएको बेलामा देश–विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूबाट स्वास्थ्यलाभको शुभकामना प्राप्त भएको छ । तपाइँहरूको असीम माया, प्रेम र स्नेहको लागि हृदयदेखि सम्पूर्णमा आभारसहित धन्यवाद व्यक्त गर्द्छु । तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु,’ राणाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार