धरानमा मेयर साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि चुलियो विवाद
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १५:५३:१३
३० असोज, धरान । धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि विवाद चुलिएको छ । मेयर साम्पाङ बेलायत जाने भएपछि उनले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक तोकेको विषय विवादित बनेको हो ।
वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले आपत्ति जनाएका छन् । उपप्रमुख बेघाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्वत आफू कार्यवाहक हुने दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘कार्यवाहक तोक्ने कुरामा तजविजी अधिकार नगरप्रमुखलाई छैन । व्यक्तिगत ढंगले कसैलाई लागेर तजविजी प्रयोग गर्ने कुरा हुँदैन । सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने व्यवस्था गरेको छ ।'
अर्को तर्फ वडा नम्बर ११ का वडा अध्यक्ष फागुले हिजोदेखि आफूले कार्यवाहकको जिम्मेवारी सम्हालेको बताए । उनले उपमेयरलाई कार्यवाहक दिनुपर्ने भनेर विवाद आइरहेको पनि बताउँदै । आफूले माग्दै नमागी कार्यवाहक दिइएको बताउँदै फागुले आफुले हिजोदेखि कार्यवाहक सम्हालिसकेको बताएका छन् ।
आफूले कार्यवाहकको जिम्मेवारी बहन गर्दैगर्दा कुनै पनि अवरोध नरहेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत र मेयर राईका स्वकीय सचिवसँगको सहकार्यमा काम भइरहेको उनले बताए । मेयर साम्पाङ आगामी कात्तिकको १७ गतेसम्ममा नेपाल फर्किने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार
पालिकाको आयोजनामा बन्दीपुर भ्रमण वर्ष २०२५ सुरु
पुष १७, २०८१ बुधबार
पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार