ट्रम्पको चुनावी अभियानलाई मस्कले गरे ७५ मिलियन डलर दान
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १६:५४:६
३० असोज, काठमाडौं । एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर सहयोग गरेका छन् ।
विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक एलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर दान गरेका छन् ।
सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो । मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका हुन् ।
मस्कले जुलाईमा आक्रमणपछि ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए । तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ ।
हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीमा मस्क पनि सहभागी थिए । यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो ।अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन्।
रिपब्लिकन पार्टीबाट ट्रम्प चुनावी मैदानमा छन् । ट्रम्पले आफुले चुनाव जितेमा मस्कलाई आफ्नो सरकारमा महत्वपूर्ण जिम्मेवारी दिने समेत यस अघि नै घोषणा गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार