बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १७:४३:१७
३० असोज, धुलिखेल । तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।
बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहेको छ । खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उनले बताए । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घरखेत सबै बगाएपछि अहिले बस्तीमाथिको लुइचे पाखामा त्रिपालमुनि बस्दै आएको छ । चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उनीसँगै अरू ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आएको छ ।
“असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ”, फुलबहादुरले भने, “खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।” बाह्र जनाको परिवार रहेको उहाँको सातजनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढलिे बगाएको छ ।
बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरुको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् ।
गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै वस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ । बालबालिकासमेत बिचल्लीमा छन् । बाढीबाट विस्थापित ती परिवार अहिले माथि रहेको लुइचे पाखामा एउटै त्रिपालको अस्थायी बासस्थानमा गुजारा चलाउँदै आएका छन् ।
खानीखोला गाउँपालिका–६ का राजन अधिकारी सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दैआएका बताए । “नौ बालबालिका त एउटै त्रिपालमुनि बसेका छन्”, उनले भने ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खुलेखानी ड्यामबाट बगेको पानीले बागमती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा बस्ती पूर्ण रुपमा बगाएको बताउनुभयो । त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन ।
अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता
असोज २९, २०८१ मंगलबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
काठमाडौं उपत्यकामा फूलपातीदेखि घटेको चहलपहल आजबाट पुनः बढ्न थाल्यो
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
कात्तिक महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक: १० बैंकले घटाए, ९ वटाको स्थिर
असोज ३०, २०८१ बुधबार
तीन पुर्व क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' सम्मान
असोज ३०, २०८१ बुधबार
प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि गृहमन्त्री लेखक प्रतिबद्व
असोज ३०, २०८१ बुधबार
बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि
असोज ३०, २०८१ बुधबार
फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
असोज ३०, २०८१ बुधबार
भारत र न्यूजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल रद्द
असोज ३०, २०८१ बुधबार
आज साँझ ६ बजेदेखि भोली विहान ४ बजेसम्म वीपी राजमार्ग बन्द हुने
असोज ३०, २०८१ बुधबार