तीन पुर्व क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' सम्मान
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १८:३३:३
३० असोज, काठमाडौं । आइसीसीले तीन पुर्व क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' सम्मान दिएको छ ।
आइसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई 'आइसीसी हल अफ फेम' सम्मान दिएको हो ।
डिभीलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी-२० खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटमा ८ हजार ७६५। एकदिवसीय खेलमा ९ हजार ५७७ र टी( २० मा १६७२ रन बनाएका छन् ।
त्यस्तै इङल्याण्डका पुर्व खेलाडी कुकले १६१ टेस्टमा १२ हजार ४७२ रनम ९२ एकदिवसीय खेलमा ३ हजार २०४ रन र ४ टी-२० मा ६१ रन बनाएका थिए ।
त्यसैगरी भारतकी नितु डेभिडले १० टेस्टमा ४१ विकेट लिएकी छन् भने ९७ एकदिवसीय खेलमा १४१ विकेट लिएकी थिइन् ।
आइसीसीले हरेक बर्ष आ-आफ्नो देशबाट विशिष्ट योगदान गरेका क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' बाट सम्मान गर्ने गरेको छ । अहिलेसम्म विश्वका कुल ११५ क्रिकेटरले यो सम्मान पाएका छन् ।
अहिलेसम्म सबैभन्दा बढी इङल्याण्डका ३३ क्रिकेटरले आइसीसी हल अफ फेममा स्थान बनाएका छन् भने अस्ट्रेलियाका २९, वेस्ट इन्डिजका २१, भारतका १०, पाकिस्तान र दक्षिण अफ्रिकाका ७-७, श्रीलंकाका ४, न्यूजील्याण्डका ३ र जिम्बाबेका एक खेलाडी यस सूचीमा रहेका छन् ।
आइसीसीले २००९ देखि 'आइसीसी हल अफ फेम' सम्मान घोषणा गर्न थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार