आईपीएलको खेलाडी रिटेन्सनमा नयाँ नियम
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार ९:१८:४१
१ कार्तिक, काठमाडौं । आउँदो इण्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडी रिटेन्सनको समय अक्टोबर ३१ सम्म मात्र रहेकाले अब फ्रेन्चाइजीहरुले यसमा काम गरिरहेका छन् ।
आईपीएलले खेलाडी रिटेन्सनका लागि यो बर्ष नयाँ नियम ल्याएको छ । अब फ्रेन्चाइजी टोलीले आईपीएलको मेगा लिलामीअघि ६ खेलाडीलाई रिटेन गर्न सक्नेछन् । जसमा अधिकतम ५ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी समावेश गर्न सकिनेछ । अन्तर्राष्ट्रिय खेलाडी जुनसुकै देशका हुन सक्छन् तर अनक्याप्ड खेलाडी भारतबाट मात्रै हुनुपर्ने नियम बनाइएको छ ।
उदाहरणको लागि मुम्बई इन्डियन्सले ५ अन्तर्राष्ट्रिय खेलाडीलाई रिटेन गर्यो भने अब टोलीले छैटौं खेलाडीको रूपमा अनक्याप्ड खेलाडीलाई मात्रै राख्न सक्नेछ । यदि टोलीले ४ अन्तर्राष्ट्रिय खेलाडी राखेमा २ जना अनक्याप्ड खेलाडी राख्ने विकल्प हुनेछ ।
त्यस्तै आइपीएल टोलीहरूको पर्स सीमा पनि १२० करोड रुपैयाँमा बढाइएको छ, पहिले यो १०० करोड भारु थियो । खेलाडी रिटेन्सन गर्दा पहिलो खेलाडीलाई रिटेन गर्न १८ करोड, दोस्रो खेलाडीलाई १४ करोड र तेस्रो खेलाडीलाई ११ करोड रुपैयाँ खर्च गरिनेछ । ३ खेलाडी मात्रै रिटेन गरेमा फ्रेन्चाइजीको पर्सबाट ४३ करोड रुपैयाँ खर्च हुनेछ । यदि टोलीले चौथो खेलाडीलाई रिटेन गर्यो भने उसलाई १८ करोड मात्रै तिर्नुपर्नेछ भने पाँचौं खेलाडीका लागि १४ करोड र अनक्याप्ड खेलाडीलाई रिटेन गर्न ४ करोड रुपैयाँ तिर्नु पर्ने छ ।
फ्रेन्चाइजीले ५ अन्तर्राष्ट्रिय र एक अनक्याप्ड खेलाडी राखेमा ७९ करोड रुपैयाँ खर्च हुनेछ भने ४ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी राखेमा पर्सबाट ६९ करोड रुपैयाँ खर्च हुनेछ । त्यस्तै ५ अन्तर्राष्ट्रिय खेलाडी मात्रै राखेमा पर्सबाट ७५ करोड रुपैयाँ खर्च हुने छ । फ्रेन्चाइजीले आफ्नो इच्छा अनुसार पाँच क्याप खेलाडीहरू बीच ७५ करोड रुपैयाँको क्याप्ड रिटेन्सन पोट विभाजन गर्न अनुमति दिइएको छ ।
आइपिएलले फ्रेन्चाइजीका लागि खेलाडी रिटेन्सन सूची पेश गर्ने अन्तिम मिति ३१ अक्टोबर २०२४ बेलुका ५ बजेसम्म दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार