होटलको तेस्रो तलाबाट खसेर चर्चित पप गायक ल्याम पेनेको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार ९:२८:३८
१ कार्तिक, काठमाडौं । चर्चित पप ब्याण्ड 'वन डाइरेक्शन' का पूर्व सदस्य गायक लियाम पेनेको ३१ बर्षको उमेरमा मृत्यु भएको छ ।
मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो । पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय अखबार ला नासियोन र क्लारिनका अनुसार प्रहरीले एक विज्ञप्ति जारी गर्दै एक व्यक्ति लागूऔषध र रक्सीको लतमा रहेको जानकारी पाएको बताएको छ । होटलका प्रबन्धकले होटलको पछाडि ठूलो आवाज सुनेपछि त्यहाँ पुग्दा एकजना मानिस आफ्नो कोठाको बालकनीबाट खसेको देखेको बताए । आपतकालीन सेवाहरू घटनास्थलमा पुगे र ३१ वर्षीय ब्रिटिश गायकको मृत्युको पुष्टि गरेका थिए । उनको निधनको खबरले सिंगो संगीत क्षेत्र शोकमा डुबेको छ ।
२०१० मा युकेको रियालिटी शो ुद एक्स फ्याक्टरु मा सहभागी भएपछि पनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले 'वन डाइरेक्शन' नामक पप् ब्याण्ड बनाएका थिए । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो ।
यस ब्याण्डले पाँच एल्बल निकालेको थियो । उनीहरुको २०१३ मा आएको तेस्रो एल्बममिडनाइट मेमोरिज २०१३ को विश्वभरको धेरै बिक्रि भएको एल्बम बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार