इजरायलको आक्रमणपछि लेबनानमा ४ लाख बालबालिकासहित १२ लाख घरविहिन
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १०:३:११
१ कार्तिक, काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमण शुरु गरेपछि ४ लाख बालबालिकासहित १२ लाख मानिसले आफ्नो घर छोडेका छन् ।
युनिसेफले बुधबार सार्बजनिक गरेको रिपोर्टका अनुसार अहिले एक लाख ९० हजार जनाले पब्लिक स्कुल, सडक किनार र अन्य स्थानमा सेल्टर लिइरहेका छन् ।
युनिसेफले अघिल्लो साता मात्र लेबनानमा सय जना बालबालिकाले ज्यान गुमाएको र आठ सय भन्दा बढी घाइते भएको बताएको छ । अब जाडो मौसम आउन थालेकाले लेबनानमा बालबालिकाको अवस्था थप कठिन हुने युनिसेफले चेतावनी दिएको छ ।
यस अघि २०२२ मा सिरियामा जाडोले कैयौं बालबालिकाको मृत्यु भएको युनिसेफले स्मरण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
स्थानीय निकायलाई अधिकार प्रदान गर्नमा स्व सिंहको अतुलनीय योगदान : कामपा
पुष १, २०८१ सोमबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
राजविराजमा रात्रिकालीन उडान सुरु
पुष १, २०८१ सोमबार
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन
पुष १, २०८१ सोमबार