भैरहवामा बीपी कोइराला मेमोरियल कप, पाँच देशका खेलाडीको सहभागिता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार ११:५५:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news768150._JrW9S0ADWg_Nb7ER79puy.jpg)
१ कार्तिक, भैरहवा । शनिबारबाट भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता हुने भएको छ । नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बीपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
कार्तिक ३ गते देखि १० गते सम्म संचालन हुने प्रतियोगितामा दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागितामा हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए । उनले बुद्धभूमिबाट नौलो प्रयास खेलकुदलाई पर्यटनसँग जोडेर यहाँको क्रिकेटको विकासका लागि टेवा पुग्ने बताए ।
प्रतियोगितामा भारतबाट लाइफ केयर क्रिकेट क्लब, पाकिस्तानबाट टाइगर्स इन्टरनेशनल स्पोर्ट्स, बांग्लादेशबाट गुलाज वरियर्स, नेपालबाट नेक्सस रुपन्देही–११ र श्रीलंकाबाट श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टिमको सहभागीता हुने आयोजकले जानकारी दिएका छन ।
आयोजकका अनुसार प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशको क्लब टिमबाट बंगलादेशी स्टारहरु आलोक कपाली र मुनिम साहरियर भारतबाट आइपिएल खेलाडी दिपक पुनिया सहित सबै टिममा प्रथम श्रेणीका खेलाडी सहभागिता रहनेछ ।
प्रतियोगितामा बिजेता टिमले पाँच लाख रुपैयाँ र ट्रफी, उप बिजेताले तीन लाख रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजना हु्ने यो प्रतियोगिताले नेपाली खेलाडीहरुमा अनुभव साटासाट हुने र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा रहेको छ । काठमाण्डौमा हुने यो प्रतियोगिता खेलमैदान मर्मतको क्रममा रहेकोले र ग्राउण्डमा एनपीएलको तयारी गर्नुपरेकोले यो प्रतियोगिता भैरहवामा गर्न लागिएको हो ।
पहिलो चरणमा ५ वटा टिम बिच लिग चरणको १० वटा खेल हुनेछ भने अन्तिम ४ मा पुगेकाहरु बिच २ वटा सेमिफाइनल र फाइनल गरी कुल १३ वटा खेल यहाँ हुने रुपन्देही क्रिकेट संघले जानकारी दिएको छ । प्रत्येक दिन २ वटा खेल खेलाइने छ, प्रतियोगितालाइ नेपाल क्रीकेट संघले आधिकारिकता प्रदान गरेको छ भने प्राविधिक सहयोग रुपन्देही क्रीकेट संघले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार