चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १३:१८:४८
१ कात्तिक, काठमाडौं । यतिबेला बजारका एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सरकार ढल्ने हल्ला व्याप्त छ । बजारका चोक र चिया पसलमा ओली सरकार ढल्ने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला प्रधानमन्त्री बन्ने कुराले निकै स्थान पाएको छ । जुन कुरा प्रधानमन्त्री ओलीले पनि बुधबार एक कार्यक्रममा खोले ।
ओलीले किन राजीनामा दिने र माधव नेपाल वा शेखर कोइराला कसरी प्रधानमन्त्री बन्छन् भन्न प्रक्रियाका विषयमा भने चिया चोकमा सरकार ढल्छ भनेर गफ दिनेहरू अनभिज्ञ छन् । तर, सरकार ढल्छ, तिहारसम्म पनि जाँदैन भन्न छोड्दैनन् । जुन हल्ला बजार व्याप्त रुपमा फैलिरहेको छ । कसले कुन नियतले यी कुराहरू प्रचार गर्न लगाइरहेका छ भन्ने कुराको खोजी स्वयंम प्रधानमन्त्रीले पनि गरिरहेका छन् ।
बुधबार प्रधानमन्त्री ओली सरकार ढल्ने भन्दै गलत हल्ला फैलाएको बताए । करिब दुई तिहाइको जनमत प्राप्त सरकारलाई कसले ढाल्ने योजना बनायो भन्ने बारेमा उनले स्पष्टसँग केही बताउन भने सकेका छैनन् । भरखरै नयाँ सरकार निर्माण भएको तीन महिना पूरा भएको छ । गत असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेस र नेकपा एमालेको सिफारिसमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । योसँगै करिब एक दशकपछि देशको पहिलो र दोस्रो दलको गठबन्धनमा सरकार बनेको थियो ।
यो सरकार गठन हुँदा जनतामा जुन आशा र अपेक्षा थियो । तीन महिनामै त्यो घटेको छ भने अहिलेको परिस्थिति पनि फरक ढंगले विकसित भइरहेको छ । अहिलेको लडाइँ राजनीतिक नभएर जनताको जीवनस्तर सुधार, आर्थिक समृद्धि र स्थायित्व कायम गर्नुसँग थियो । तर, तीन महिनाले राम्रो संकेत दिएन र जनतामा पनि काम गर्न नसक्ने सरकार अब धेरै जाँदैन भन्न थालेका छन् ।
प्रधानमन्त्री आफैले पछिल्ला दिनहरू सरकार ढल्न लागेको भन्दै हिँड्न थालेका छन् । पहिलो पटक केही दिन पहिले झापामा आयोजित एक कार्यक्रममा उनले सरकार ढाल्ने षड्यन्त्र भएको सार्वजनिक कार्यक्रममा उदघोष गरेका थिए । बुधबारको कार्यक्रममा समेत स्पष्ट रुपमा नै बुझिने गरी सरकार ढाल्ने खेलोमेलो भएको गुनासो गरे । सरसर्ती हेर्दा वर्तमान सरकारले मुख्यतया दुईवटा काम गर्न सक्थ्यो । पहिलो, भ्रष्टाचार उन्मुलन गर्ने दिशामा ठोस् रूपमा अगाडि बढ्न सक्थ्यो । तर, त्यो काममा सरकार चुकेको छ । सहकारी ठगी प्रकरणको विषयको छानबिनदेखि अन्य काण्डहरूमा समेत सरकारले निचोडमा पुग्नेगरी केही काम गर्न सकेको छैन ।
जनताको निराशालाई आशामा बदल्ने प्रयत्न कांग्रेस–एमाले सरकारबाट भएको देखिएन । सर्भिस डेलिभरीको सन्दर्भ सरकारले योबिचमा धेरै काम गर्न सक्थ्यो । तर, त्यसमा पनि सरकार असफल देखियो । सरकारले डिजिटलाइज्ड गर्ने भनेको छ, राष्ट्रिय परिचयपत्र बनाएको छ, तर त्यसको प्रभावकारिता जनताले महसुस गर्नसक्ने देखिएको छैन । यस्ता काममा सरकारले तत्कालै डेलिभरी दिन सक्थ्यो, त्यो भएको छैन । जसबाट जनता निरास बनिरहेका छन र सरकारविरुद्ध हल्ला फैलाउन विपक्षीहरुलाई पनि सजिलो भएको छ ।
हालको महत्वपूर्ण कुरा भनेको विपद् व्यवस्थापन थियो । देशभर बाढी पहिरो गएर तहसनहसको अवस्था हुँदा राज्यको मूल नेतृत्वमा रहेका व्यक्तिकै उपस्थिति देखिन नसक्नुले पनि सरकारको औचित्यलाई पुष्टि गर्न सकस परिरहेको छ । अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्नेकुरा पनि सुनिन्छ, दसैंपछि तुरुन्त परिवर्तन हुन्छ रे ! कुन दसैंपछि ? २०८४ सालको दसैंपछिको चुनावमा ? प्रधानमन्त्री ओलीले एमाले र कांग्रेस गठबन्धनको सरकार परिवर्तनको कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । तर, जनतालाई विस्वास छैन् । दसैंपछि सरकार परिवर्तन हुन्छ भन्ने कुरा चलेको छ जनता त्यही पत्याई रहेका छन् ।
६९ औं प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको भ्रम नछर्न र त्यस्ता भ्रममा नपर्न आग्रह गरेका हुन् । एमाले र कांग्रेस गठबन्धनको सरकार लगभग दुई तिहाइको रहेको र त्यो बलियो छ भन्ने हेक्का राख्न पनि उनले आग्रह गरेका थिए । नेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली कांग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन,’ ओलीले भने, ’एमाले र कांग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरूको सरकार हो यो ।’
एमाले र कांग्रेसका नेताहरु भन्छन, यो सरकार भनेको कांग्रेस र एमालेको संयुक्त सरकार हो । सरकार ढाल्न कांग्रेस वा एमालेमध्ये कसैले चाहनुपर्छ । अहिलेको सरकार असफल बनाउने काम यी दुबै पार्टीका नेताले गर्दैनन् । उनीहरुको भनाइमा विपक्षीहरुले केही विषय नपाएर यो सरकार अब धेरै दिन जाँदैन भनेका हुन् । कति पयलाई कांग्रेस सभापति शेरबहादुर देउवा रिसाए सरकार ढल्ने थियो भन्ने पनि लागेको छ । तर, देउवाले आफैले बनाएको सरकारलाई कुरा आउँदैन । कित प्रधानमन्त्री ओलीले अब म प्रधानमन्त्री बन्दिन र छोड्छु भन्नुपर्यो । त्यो अवस्था पनि अहिले छैन् । त्यसैले सरकार ढल्छ भन्ने कुरा विपक्षीहरुको अफवाह मात्र हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार