रौतहटको ग्रामीण क्षेत्रमा दुर्घटना बढ्यो : एकको मृत्यु, एक गम्भीर घाइते
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १३:५५:४८
♦ सञ्जय मिश्रा
१ कार्तिक, रौतहट । रौतहटको ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिती नहुँदा दैनिक सवारी दुर्घटना बढ्दै गएको छ । कटहरियामा मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु भएको छ भने मोटरसाइकलको ठक्करबाट अर्का युवक गम्भीर घाइते भएका छन् ।
अत्यधिक मदिरा सेवन गरी चलाएको मोटरसाईकलको ठक्करबाट रौतहटको कटहरिया नगरपालिका( ३ का सिकेन्द्र साह बानिया गम्भीर घाइते भएका हुन् । उनको तीन दिनदेखि काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको उनका बुवा दुखा साहले बताएका छन् । सिकेन्द्रको टाउकोमा गम्भीर चोट लागेको, निधार र आँखा छेउको हडी भाँचिएको उनले बताएका छन् ।
गत २७ गते राति सवा ९ बजेको समयमा बजेको समयमा कटहरिया ३ बिर्तीस्थित आफ्नै घर अगाडी खाना खाएर घुमिरहेको अवस्थामा विआर ५ एच २९०१ नम्बरको मोटरसाइकलले सिकेन्द्र साहलाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक कटहरिया २ हथियाहीका बचन यादवको छोरा वर्ष २० को विशाल यादवलाइ नियन्त्रणमा लिइ राखिएको छ ।
मोटरसाइकलमा पछाडी बसेका रामाधार यादवलाई जिम्मा जमानीमा पठाईएको प्रहरीले जनाएको छ । चालक बिशाल यादव मोटरसाईकल चलाउँदा समय मदिरा सेवन गरेको र चालक अनुमतिपत्र समेत नरहेको कारण उनीमाथी सवारी अङ्गभङ्ग सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जानकारी दिएका छन् ।
पीडितका बुवा दुखा साहका अनुसार छोरा सिकेन्द्र घरमा खाना खाई बाहिर निस्केर आफ्नै साईडमा डुलिरहेको अवस्थामा अत्यधिक गतिमा पछाडीबाट आएको मोटरसाईकलले ठक्कर दिँदा सिकेन्द्रलाई झण्डै १० फिट पर उडाएको थियो । चालक अत्यधिक मदिरा सेवन गरेर मोटरसाईकल चलाएको कारण अनियन्त्रित भएर अर्को साईड रहेका सिकेन्द्रलाई ठक्कर दिएको उनको भनाई रहेको छ ।
त्यस्तै कटहरिया नगरपालिका ४ बहादुरपुरका भोजिन्द्र बैठाको छोरा अरुन बैठाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । बैठाको उपचारको क्रममा बिरगंजस्थित एलएस न्यूरो अस्पतालमा बुधवार मूत्यु भएको उनको परिवारले जनाएको छ ।
सोमवार कटहरियाबाट बाराजाने क्रममा फतुवा बिजयपुर नगरपालिका ६ पेटभर्वा र बारा जिलाको मलाहीको बिचमा २२ बर्षीय बैठाको मोटरसाइकल दुर्घटना भएको थियो । बिना हेलमेट तिब्रगतिमा चलाएको मोटरसाईकल अचानक बाटोमा आएको बाख्रा बचाउँदा दुर्घटना भएर टाउकोमा गम्भीर चोट लागेर उपचारको क्रममा मृत्यु भएको मृतकका बुवा बैठाले बताएका छन् ।
यो दुई उदाहरण मात्र हुन् । जिल्लाको १८ स्थानियतह मध्ये अधिकांशमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा यस्ता दुःखद घटनाहरु दैनिक भईरहेको छ । बिना हेलमेट मोटरसाईकलमा ३ जना चढ्ने, बिना लाइसेंस मोटरसाईकल चलाउने, मदिरा सेवन गरी तिब्रगतिमा कुदाउने गरेको कारण दिनदिनै सवारी दुर्घटना भईरहेको कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।
ट्राफिक नियम बिपरित सवारी चलाउने यदाकदा ट्राफिक प्रहरीको नियन्तरणमा आएपनि सामान्य चिट काटेको भरमा उनीहरूको मनोबल नघटेको कुशवाहाको जिकिर रहेको छ ।
कटहरियासंगै देवाही गोनाही, गुजरा , गढीमाई, माधव नारायण , राजदेवी, दुर्गा भगवती, राजपुर, परोहा, ईशनाथ, लगायतको स्थानिय तहमा ट्राफिक प्रहरीको अनुपस्थितिमा जथाभावी मोटरसाईकल , ट्याक्टर लगायतको सवारीसाधन चलाउने गरेको कारण दैनिकजसो दुर्घटना भईरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले हाल चन्द्रपुरमा जिल्ला, बागमती, दुमरिया, गरुडा, सुकदेव चौक, बम नहर गौर, मौलापुर, बिजयपुरमा ट्राफिक पोस्ट तथा कार्यालय रहेको बताएका छन् ।
ट्राफिक कार्यालय तथा पोस्ट रहेको स्थान वरपरको गाउँ बजारमा उनीहरूले नै हेर्ने गरेको इन्स्पेक्टर अधिकारीले बताएका छन् । मजकुरको कार्यालयले जनशक्ती थपेर जिल्लाको सबै पालिकामा ट्राफिक प्रहरी परिचालनको आदेश दिएमा सम्भव भएको ट्राफिक प्रमुख अधिकारीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार