सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सर्च कमिटी बनाइने
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १५:१२:३५
१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले संक्रमणकालीन न्याय सम्पादनबारे छलफल गरेको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार बस्ने मन्त्रिपरिषदले सर्च कमिटी टुंग्याउने सहमति भएको छ ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गर्नुपूर्व सिफारिस समिति बन्ने भएको छ । तीन दलका शीर्ष नेताहरूको बैठकले सिफारिस समिति टुंग्याउने निर्णय गरेको हो । प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू बालुवाटारमा जुटेका थिए ।
शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन ती आयोग गठनबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए । बालुवाटार बैठकबाट निस्किँदै उनले भने, ‘आयोग गठन गर्नेबारे छलफल भयो । छलफल सकारात्मक भएको छ । तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ । एक–दुई दिन भित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ ।’
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार