भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १५:३१:२
१ कार्तिक, काठमाडौं । बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको छ ।
सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएको बताइएको छ । राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको र बिहार पुलिस कडा कारबाही गर्न तयार भएको बताएको छ ।
यस घटनामा अहिलेसम्म ९–१० जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।
मुख्यमन्त्री नितिश कुमारले लागुऔषध निषेध, उत्पादन तथा पञ्जीकरण विभागका सचिवलाई घटनास्थलमा गएर सम्पूर्ण अवस्थाको जानकारी लिन निर्देशन दिएका छन् । बिहारमा सन् २०१६ देखि मदिरा प्रतिबन्ध कानुन लागू रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
स्थानीय निकायलाई अधिकार प्रदान गर्नमा स्व सिंहको अतुलनीय योगदान : कामपा
पुष १, २०८१ सोमबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
राजविराजमा रात्रिकालीन उडान सुरु
पुष १, २०८१ सोमबार
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन
पुष १, २०८१ सोमबार