फिल्म ‘एक्टर : टेक वन’ प्रदर्शन मिति सर्यो
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १६:२३:९
१ कार्तिक, काठमाडौं । अदृत फिल्म : र मोती फिल्मसले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली फिल्म ‘एक्टरस् टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ ।
पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ ।
चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ । चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो ।
निर्माण पक्षले यो निर्णयले वितरक, चलचित्र प्रेमी दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली चलचित्रलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ ।
ुएक्टरस् टेक वन’ लाई थप उत्कृष्ट रूपमा निर्माण गर्न आवश्यक समय लाग्ने जानकारी गराउँदै, निर्माण टिमले दर्शकहरूको माया र समर्थनको कदर गरेको छ।
फिल्म निर्माता थमन कुमार भण्डारी ९अदृत फिल्मस्० र मोती कार्की ९मोती फिल्मस्० ले जय ‘एक्टरस् टेक वन’ र जय नेपाली सिनेमा भन्दै चलचित्र प्रेमी दर्शकहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार