वडा प्रहरी श्रीपुरको सक्रियतामा ३० लाखको अवैध खाद्यान्नसहित ट्रक पक्राउ
आबिद हुसेन
कात्तिक १, २०८१ बिहिबार १६:५७:३३
१ कार्तिक, पर्सा । वडा प्रहरी कार्यालय श्रीपुरको सक्रियतामा करिब ३० लाख रुपैयाँ बराबरको अवैध खाद्यान्न बोकेको ट्रक पक्राउ गरिएको छ। ना ३ ख ७३२ नम्बरको उक्त ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं। १४ स्थित गण्डक चोकबाट असोज १६ गते राति करिब १२ : ३० बजे नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, ट्रकले बिना बिल भुक्तानी ठूलो मात्रामा खाद्यान्न र खुला मालसामानहरू बोकेर गन्तव्यतर्फ जाँदै गर्दा सूचनाका आधारमा श्रीपुर वडा प्रहरीको टोलीले प्रभावकारी अपरेसन गर्दै उक्त ट्रकलाई रोकी अवैध सामग्रीसहित नियन्त्रणमा लिएको हो।
उक्त ट्रक र सामग्रीलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ। यस अपरेसनले अवैध ढुवानी रोक्न प्रहरीले आफ्नो अभियानलाई अझ सशक्त बनाएको छ।
प्रवक्ता भारतीले अवैध कारोबार नियन्त्रणमा प्रहरीले कडा निगरानी राख्ने र यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गरिने उनले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार