रूसी आक्रमणमा दश सिरियालीको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १७:२६:४३
१ कार्तिक, लेबनान । उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ ।
“इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
रूसले इदलिब सहरको बाहिरी भागमा ‘एउटा आरा मिल, फर्निचर र ओलिभ प्रेसर“ मा प्रहार गरेको उक्त संस्थाले जनाएको छ । सिरियाको नागरिक सुरक्षा बलले आफ्ना टोलीहरूले रूसी हमलामा मारिएका व्यक्तिहरूको शवलाई भग्नावशेषबाट निकालिरहेको जनाएको छ ।
नागरिक सुरक्षा बलका अनुसार बुधबारको आक्रमणले ‘कामदारहरू भित्र रहेको बेला फर्निचरलाई लक्षित गर्दा दश जना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ३२ जना गम्भीर घाइते भएका थिए ।
सिरियाका राष्ट्रपति बशर अल–असदसँगको सहकार्य गरिरहेकोरूसी सेनाले इदलिबमा भएको आक्रमणमा बमबारीबारे कुनै टिप्पणी गरेको छैन । इदलिब प्रान्तको आधा र अन्य क्षेत्रहरूमा अल–कायदा समूहको नियन्त्रण रहेको छ । सन् २०२० मार्चमा सिरियाली सरकारको आक्रमणपछि रूस र टर्कीको मध्यस्थतामा यो क्षेत्रमा युद्धविरामको घोषणा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
स्थानीय निकायलाई अधिकार प्रदान गर्नमा स्व सिंहको अतुलनीय योगदान : कामपा
पुष १, २०८१ सोमबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
राजविराजमा रात्रिकालीन उडान सुरु
पुष १, २०८१ सोमबार
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन
पुष १, २०८१ सोमबार