जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १८:५८:१६
१ कार्तिक, जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युतको लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ।
कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्ययोजनाअनुसार यहाँका गाउँ गाउँमा प्रसारण लाइन विस्तारको काम तीव्ररुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष साहले जानकारी दिए । जिल्लाका ६० वडामध्ये २५ वटामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ ।
प्रमुख साहका अनुसार तिला गाउँपालिका–६ घोडेमा विद्युतको लाइन विस्तार गरिएको छ । यस्तै तातोपानी गाउँपालिका–७ सुर्कीमा पनि विद्युतको लाइन जोडिएको छ । एक सय ४५ परिवारको बसोबास रहेको सुर्कीमा दसैँ अगाडि नै बत्ती बालिएको हो । पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिकाका विभिन्न वडामा पनि विद्युत् लाइन पुर्याउने योजना छ ।
यस्तै सिञ्जा गाउँपालिकाका ६ वडामध्ये तीन र पाँच नम्बर वडामा बत्ती पुगेको वितरण केन्द्रले जनाएको छ । गुठीचौर र कनकासुन्दरी गाउँपालिकाका सबै वडामा प्रसारण लाइन विस्तारको काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार