बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण, एक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार २०:०:१८
१ कात्तिक, हेटौडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दुइवटा विधेयक प्रमाणीकरण गर्दै एउटा विधेयक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् । प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको असोज ७ गते बसेको बैठकले पारित गरेका दुई वटा विधेयक प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकला स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रमाणीकरण गरेका हुन् ।
त्यस्तै उनले संविधानको धारा १०१ को उपधारा ३ अनुसार ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् । यस विधेयक प्रमाणीकरणका लागि प्रदेशसभाको अघिल्लो बैठकले सर्वसम्मत रुपमा पास गर्दै प्रदेश प्रमुख समक्ष पठाएको थियो ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी उक्त विधेयक फिर्ता गरेका हुन् । फिर्ता गरिएको विधेयक सभामा छलफल गरी संशोधनसहित पारित भइ पुनः प्रमाणीकरणको लागि पठाउनु पर्ने संवैधानिक व्यवस्था छ । त्यसैगरी प्रमाणीकरण भएको विधेयक प्रदेश राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा लागू हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी
असोज ६, २०८१ आइतबार
प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित
भदौ १९, २०८१ बुधबार
बागमती प्रदेशसभा बैठक : विधेयक समितिमा पठाउन स्वीकृति
असार १४, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार