इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार २२:१२:५१
१ कात्तिक, काठमाडौं । हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर बिनुकुमारी शाहीलाई फरार बनाइएको हो कि फरार भएकी हुन भन्ने एकिन भएको छैन । इन्सपेक्टर शाहीलाई जोगाउन एसपी कमल थापा लागिपरेपछि उनलाई फरार बनाइएको हो वा आफै फरार भएकी हुन भन्ने एकिन नभएको हो ।
सो घटनासँग एसपी कमल थापा जोडिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन गर्न अर्को समिति बनाएपनि बाहिर सार्वजनिक गरेको छैन । इन्सपेक्टर शाहीमाथि अहिले संगठित अपराध सम्बन्धी कसुर पनि आकर्षित हुने भएपछि फरार भएको बताइएको छ । ललितपुर प्रहरीले इन्सपेक्टर शाहीलाई पक्राउको तयारी गरेको छ । पक्राउ पूर्जी समेत लिइसकेको छ । संगठित शैलीमा अपराध गरेर व्यापारीलाई थुनामा राखी पैसा असुल गरिएको अनुसन्धानमा देखिएपछि आपराधिक लाभसँगै संगठित अपराध मुद्दा पनि चलाउने विषयमा प्रहरीले सरकारी वकिल कार्यालयमा छलफल गरेको थियो ।
जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवलदार महेन्द्र हमालसँग चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । इटहरीका ताज इस्लाम नेतृत्वको समूहले इन्सपेक्टर शाहीसँग मिलेर एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै एक दिन थुनामा राखेर ३० लाख रुपैयाँ असुल गरी छाडेको थियो । सो गिरोह पेसेवर देखिएको, घटना योजनाबद्ध भएको र तीन जना भन्दा धेरै व्यक्तिको संलग्नता देखिएपछि ललितपुर प्रहरीले संगठित अपराध कसुरमा पनि अनुसन्धान गर्न लागेको हो ।
संगठित अपराधमा प्रहरीले आरोपीलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ भने सजाय पनि ५० प्रतिशत थप हुन्छ । आपराधिक लाभ मात्र मुद्दा दायर भएमा २४ दिनमै मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ । प्रहरीले इन्सपेक्टर शाहीलाई भने पक्राउ गर्न चासो दिएको छैन । स्रोतका अनुसार प्रहरीको माथिल्लो निकायबाटै उनलाई तत्काल पक्राउ नगर्न भनेर दबाब दिइएको छ । फरार अवस्थामै उनले चलखेल गरिरहेकी छिन् । यसअघि छानबिन र निलम्बन रोक्न समेत अनेक प्रयास गरेकी थिइन् । तर, पक्राउ परेका अभियुक्तहरू ताज इस्लाम र सुष्मा विकले नै उनको सबै पोल खोलिदिएका छन् । इन्सपेक्टरसँगको सल्लाहमै त्यसरी झगडाको उजुरी दिन लगाएर थुनामा राखी पैसा असुलिएको उनीहरुको बयान छ । प्रहरी प्रभाग भैंसेपाटीको प्रमुख हुँदा शाहीले यस्तो धन्दा चलाएकी थिइन् ।
इन्सपेक्टर शाहीले गिरोहका नाइके इस्लामको मोबाइल समेत प्रहरी कार्यालयबाट गायब बनाएकी छिन् । सो मोबाइलमा इन्सपेक्टर शाहीदेखि माथिल्लो तहका प्रहरीसँगको उनको कुराकानीहरू थिए । त्यो कुरा लुकाउन उनले मोबाइल गायब बनाइएकी हुन् । हाल अख्तियारमा कार्यरत रहेका एसपी थापा घटनाको दिन मुख्य आरोपी ताजसँग बसेका थिए । एसपी थापा र ताजबिच एयरपोर्टको एक रेस्टुरेन्टमा भेट भएको थियो । साथै ताज र इन्स्पेक्टर शाहीबिच समेत उनले नै चिनजान गराइदिएर ती व्यापारीलाई थुन्न लगाएको छानबिनमा खुलेको छ । ताजको मोबाइल नै गायब बनाइएकाले एसपीसँगको उनको सम्बन्धबारे विस्तृत खुल्न सकेको छैन ।
एसपी थापा सुनसरीको प्रहरी प्रमुखका रूपमा हुँदा ताजसँग नजिकिएका थिए । सोही समूहको हनी ट्र्यापिङको अर्काे घटनामा पनि छानबिन भइरहेको छ । गत जेठमा ताज निकट एक युवतीले ठेकेदार विदुर शर्माविरुद्ध समेत दरबारमार्ग वृत्तमा जाहेरी दिएकी थिइन । पछि १६ लाख लेनदेन गरी जाहेरी फिर्ता गराउन लागिएको खुलेको छ । दोलखाका गणेश उप्रेतीको योजनामा त्यसरी शर्मालाई हनी ट्र्यापिङमा फसाइएको पुष्टि भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार