टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १०:१७:७
२ कात्तिक, काठमाडौं । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो ।
अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् । अमेरिकाका लागि शायान जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेज गोउसले ३० तथा मिलिंद कुमारले २२ रन बनाएका थिए । त्यस्तै नेपालका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३ विकेट लिएका थिए भने गुलशन झा, करण केसी र रिजन ढकालले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७–२७ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए ।
त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २–२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए । यो जितपछि नेपालले ३ खेलको सिरिजमा १–० ले अगाडी भएको छ । अब दोस्रो खेल आइतबार बिहान हुने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार