१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १०:५६:८
२ कात्तिक, काठमाडौं । प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा बसेको छ । विपक्षी दलहरूले तिहार र छठ पर्व सकिए लगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरेका छन् । यसैको तयारीका विषयमा छलफल गर्न बैठक डाकिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो ।
नयाँ बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको हो । प्रतिपक्षी दलहरूको भनिएको बैठकमा सत्तापक्षमा रहेका लोसपा नेपालको समेत सहभागिता रहेको छ । लोसपाका नेताहरु ठाकुर विपक्षी दलको बैठकमा किन गए भन्नेमा अनविज्ञ देखिए । प्रचण्डको सचिवालयका सदस्य नरेन्द्र केसीले आज बसिरहेको बैठक विपक्षी दलकै भएको बताए । तर, ठाकुरको सहभागिताबारे आफूलाई थाहा नभएको उनको भनाइ छ । लोसपाबाट केपी ओली नेतृत्वको सरकारमा शरतसिंह भण्डारी मन्त्री छन् ।
विपक्षी दलको बैठकमा रास्वपाबाट मात्रै ६ नेता सहभागी भएका छन् । सभापति रवि लामिछानेसहित ६ नेताहरु बैठकमा सहभागी भएका हुन् । बैठकमा रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त महर्जन सहभागी भएका हुन् ।
बैठकमा माओवादीबाट भने प्रचण्ड र शक्ति बस्नेत तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् । यस्तै आजपाबाट अध्यक्ष प्रभु साह सहभागी हुँदा सत्ता पक्षमै रहेपनि लोसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको कात्तिक १० गते सय दिन पुग्दैछ ।
सरकारले अहिलेसम्म गरेका कामको थप समीक्षा गरेर सदन र सडक आन्दोलनलाई सशक्त बनाउने तयारी भइरहेको विपक्षी दलका नेताहरूको दाबी छ । केपी शर्मा ओली नेतृत्वको सरकारले तीन महिनाको अवधिसम्म गरेका काम निराशाजनक रहेको उनीहरूको निष्कर्ष छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार