तीन महिनाको खर्च र आम्दानी: निर्माण व्यवसायी र दुग्ध किसानको रकम भुक्तानी गर्दा खर्चमा देखियो सुधार
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार ११:३१:४२
२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास (तीन महिना) मा सरकारले २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो अर्थ मन्त्रालयले तय गरेको पहिलो तीन महिनामा राजस्व संकलनको लक्ष्यभन्दा ६१ अर्ब ६६ करोड ८० लाखले कम हो । सरकारले असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन गर्दा ३ खर्ब २९ अर्ब रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षको ३ महिनामा गत वर्ष भन्दा ८.११ प्रतिशत बढी राजस्व संकलन गरेको सरकारले गत वर्षको सोही अवधि भन्दा १७.५ प्रतिशत बढी खर्च गरेको हो ।
चालू आर्थिक वर्षको ३ महिनामा गत वर्षभन्दा चालू, पुँजीगत र वित्तिय व्यवस्थापन खर्च बढेको हो । गत वर्ष सरकारले २ खर्ब ८० अर्ब रुपैयाँ खर्च गरेको थियो । महालेखा नियन्त्रक कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको असोज मसान्त सम्म चालू शिर्षकमा २ खर्ब २९ अर्ब रुपैयाँ खर्च गरेको सरकारले पुँजीगत शिर्षकमा २९ अर्ब ३७ करोड रुपैयाँ तथा वित्तीय व्यवस्थापन शिर्षकमा ६९ अर्ब ९७ करोड रुपैयाँ खर्च गरेको हो ।
यस वर्षको पहिलो त्रैमासमा सरकारले राजस्वमार्फत ३ खर्ब ९ अर्ब ९२ करोड ८० लाख संकलन गर्ने लक्ष्य राखेको थियो । गत साउनमा १ खर्ब २० अर्ब ५१ करोड ६१ लाख, भदौमा ९२ अर्ब ८४ करोड २७ लाख र असोजमा ९६ अर्ब ५६ करोड ९२ लाख राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । तर, तीन वटै महिनामा राजस्व संकलन कम भएकाले त्रैमासिक लक्ष्य पूरा हुन सकेको छैन् । यस वर्ष सरकारले राजस्वमार्फत १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । पहिलो त्रैमासको राजस्व यस वर्षको वार्षिक लक्ष्यको १७.४९ प्रतिशत हो भने गत वर्षको सोही अवधिको तुलनामा करिब साढे १३ प्रतिशतले बढी हो ।
यस वर्षको पहिलो तीन महिनामासम्म २९ अर्ब ३७ करोड ४६ लाख पुँजीगत खर्च भएको छ । यो वार्षिक लक्ष्यको ८.३४ प्रतिशत हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो । ०८० असोजसम्म सरकारले १७ अर्ब ८३ करोड ३१ लाख अर्थात् वार्षिक लक्ष्यको ५.९ प्रतिशत पुँजीगत खर्च गरेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिको पुँजीगत खर्च करिब ६४ प्रतिशतले बढी हो । यो अवधिमा निर्माण व्यवसायीहरूको २० अर्ब भुक्तानी भएको, दुग्ध किसानहरूको रकम, कृषि बिमामा अनुदानबापतको रकम भुक्तानी भएकाले पुँजीगत खर्चमा सुधार भएको अर्थ मन्त्रालयको दाबी छ ।
गएको तीन महिनामा सरकारी ऋणको साँवा भुक्तानी र सरकारी संस्थानमा लगानी (वित्तीय व्यवस्था) मा मात्र सरकारले ६९ अर्ब ९७ करोड ४४ लाख (वार्षिक लक्ष्यको १९.०५ प्रतिशत) भुक्तानी गरेको छ । ०८० असोजसम्म यो शीर्षकमा सरकारले ४९ अर्ब ३४ करोड ९० लाख अथवा लक्ष्यको १६.०५ प्रतिशत खर्चेको थियो । यस वर्षको साउन, भदौ र असोजसम्म पनि सरकारले वैदेशिक अनुदान प्राप्त गर्न सकेको छैन । यस वर्षको पहिलो त्रैमासमा सरकारको आम्दानी र खर्चको अवस्था हेर्दा करिब ७६ अर्बले सरकारी वित्त घाटामा छ । सो अवधिमा सरकारले २ खर्ब ५३ अर्ब १ करोड ३३ लाख आम्दानी गर्दा ३ खर्ब २९ अर्ब २० करोड ११ लाख खर्च गरेको छ ।
गत आर्थिक वर्षको असोजसम्म करिब ४६ अर्बले सरकारी वित्त बचतमा थियो । उक्त अवधिमा सरकारले २ खर्ब ३४ अर्ब ६३ करोड २४ लाख आम्दानी गर्दा २ खर्ब ८० अर्ब ५७ २५ लाख खर्च गरेको थियो ।चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत विनियोजन गरिएको छ ।
यस वर्षको खर्च अनुमान गत आर्थिक वर्षको सुरुको बजेटको तुलनामा ६.२ प्रतिशत र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा सरकारले राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड स्रोत जुटाउने लक्ष्य तय गरेको छ । स्रोत अपुग हुने ५ खर्ब ४७ अर्ब ६७ करोड ऋणमार्फत जुटाउने सरकारको योजना छ । यसअनुसार वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब जुटाउने सरकारको लक्ष्य छ ।
गत असोजसम्ममा वार्षिक लक्ष्यको २०.१५ प्रतिशत अथवा २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख चालु खर्च भएको छ । यो गत वर्षको सोही अवधिको चालु खर्चभन्दा बढी हो । ०८० असोजसम्म चालु खर्च २ खर्ब १३ अर्ब ३९ करोड ४० लाख अथवा त्यस वर्षको वार्षिक लक्ष्यको १८.६९ प्रतिशत थियो । गत वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा सरकारी वित्तका सूचकमा खासै सुधार देखिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार