धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १२:३२:९
२ कात्तिक, काठमाडौं । पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ । हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
जिल्लामा तीन लाख ६४ हजार ३९ नागरिक छन् । यसमध्ये १ लाख ८५ हजार ७० जनाले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको हो । बोर्डको जिल्ला संयोजक मुना निरौलाका अनुसार १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै धुलिखेल नगरपालिकाका नागरिकले स्वास्थ्य बीमा गरेका छन् । उक्त नगरका ३३ हजार ७ सय २६ जनसङ्ख्यामध्ये ३२ हजार ४ सय ११ जनाले स्वास्थ्य बीमा गराएका हुन् ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषित धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको उक्त घोषणा गरिएको हो । “ सबै नगरवासीको स्वास्थ्य बीमा गराउने लक्ष्य छ, त्यो चालु आर्थिक वर्षमा पूरा गर्नेछौँ”, ब्याञ्जूले भने ।
जिल्लाका बिमितले धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी, सुन्थान र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, बनेपास्थित रेयूकाइ एईको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । सरकारले नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सामाजिक स्वास्थ्य बीमाको आधारमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग
माघ १७, २०८१ बिहिबार
स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्छ : मन्त्री पौडेल
माघ १६, २०८१ बुधबार
प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत
माघ १६, २०८१ बुधबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार