देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका

नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १२:५१:४

२ कात्तिक, काठमाडौं । नेकपा माओवादीसहितका विपक्ष दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर साना राजनीतिक दलहरू फुटाउन खोजेको आशंका गरेका छन् । शुक्रबार यसबारे छलफल गर्न विपक्षी दलहरुको बैठक नै बसेको छ । प्रधानमन्त्री ओलीले आफूसँग पूर्वाग्रह राख्ने दलहरूलाई फुटाउन लागि अध्यादेश ल्याउने कुरा यतिबेला चर्चामा छ ।
ओलीले यसअघि पनि यस्तो काम गरिसक्या भएर मुख्य रूपमा त्यही विषयमा विपक्षी दलको बैठक बसेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा उक्त विषयमा गम्भीर छलफल भएको छ । बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर सरकारमै रहेका साना दलसमेत फुटाउन लागेको भन्ने आशंका आफूहरूलाई लागेको बताए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै श्रेष्ठले संसद् हुँदाहुँदै अध्यादेशबाट काम गर्ने नेचर ओलीको रहेको भन्दै साना दलहरू र उनले पूर्वाग्रह राख्ने दलहरूलाई तोड्नका लागि अध्यादेश ल्याउने कुरामा आफूहरुलाई ठूलो शंका भएको र त्यही विषयमा बैठक बसेको बताए । सरकारमा सहभागी भएका नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जसपाको संसद्मा सिट संख्या थोरै छ । श्रेष्ठले भने, ’दुई तिहाई हुँदा पनि उहाँले अध्यादेशबाट सरकार चलाउनु भएको हो । सत्ता पक्षमा भएकै साना दलहरू फुटाउने तयारीमा हो कि या हामी नयाँ दलहरूप्रति पनि उहाँहरूले केही कदम चाल्न लाको हो कि भन्ने हामीलाई गम्भीर आशंका छ ।’
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले संघीय संसद्को अधिवेशन स्थगित रहेको बेलामा साना पार्टी फुटाउन अध्यादेश ल्याउन गरेको तयारी गरेको र यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाधक बनेको चर्चा छ । प्रधानमन्त्री ओलीले अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्केपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी अन्तिम चरणमा पुर्याएका थिए । ओलीले नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टीसहितका साना पार्टीहरूलाई टार्गेट बनाएर अध्यादेश ल्याउने तयारी गरे पनि त्यो उनको प्रयास कांग्रेस सभापति देउवाका कारण अहिले रोकिएको छ ।
ओलीले देउवासँग भेटेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बताएपछि देउवाले तत्कालै त्यस्तो काम नगर्न ओलीलाई सुझाएका थिए । ओलीले त्यस्तो जानकारी आफूलाई गराएपछि देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई अध्यादेशबारे चनाखो रहन र ल्याउने विषयमा सहमति नजनाउन निर्देशन दिएको देउवा निकट स्रोतले जानकारी दिएको उनले बताए । यसै विषयमा प्रतिपक्षी दलहरूले सरकार, सभामुख र राष्ट्रपतिसमेतको ध्यानाकर्षण गराउने पनि उनले बताए । पहिलाजस्तै अधिनायकवादी शैलीमा शक्तिको दुरुपयोग गरेर पेल्ने कदम चालेमा संसद्को विशेष अधिवेशन माग गर्ने राष्ट्रपतिकहाँ जाने भन्ने विषयमा छलफल भयो,’ उनले अगाडि भने ।
समसामयिक विषयमा छलफल गर्न भन्दै प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले शुक्रबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए । लोसपा चाहिँ सत्तारुढ दल हो । बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थप
फागुन १२, २०८१ सोमबार
स्थानीय वायुको प्रभावः आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने
फागुन १३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य घट्यो, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?
फागुन १३, २०८१ मंगलबार
प्रदेशस्तरीय भलिबल प्रतियोगिता : हरिनास र पुतलीबजार विजयी
फागुन १२, २०८१ सोमबार
माओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
महाशिवरात्री मेलाः अघिल्लो वर्षभन्दा भक्तजन बढ्ने, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने
फागुन १३, २०८१ मंगलबार
दशरथचन्दमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
फागुन १३, २०८१ मंगलबार
स्थानीय वायुको प्रभावः आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने
फागुन १३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य घट्यो, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?
फागुन १३, २०८१ मंगलबार
प्रदेशस्तरीय भलिबल प्रतियोगिता : हरिनास र पुतलीबजार विजयी
फागुन १२, २०८१ सोमबार
माओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
महाशिवरात्री मेलाः अघिल्लो वर्षभन्दा भक्तजन बढ्ने, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने
फागुन १३, २०८१ मंगलबार
दशरथचन्दमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
फागुन १३, २०८१ मंगलबार
स्थानीय वायुको प्रभावः आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने
फागुन १३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य घट्यो, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?
फागुन १३, २०८१ मंगलबार
प्रदेशस्तरीय भलिबल प्रतियोगिता : हरिनास र पुतलीबजार विजयी
फागुन १२, २०८१ सोमबार
माओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार