सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १३:१७:४
२ कात्तिक, काठमाडौं । सरकारले सहकारीको रकम अपचलन गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई एक दुइदिनभित्रै पक्राउ गर्ने भएको छ । बिहीबार बसेको तीन दलको बैठकमा उनलाई तत्काले पक्राउ गरी अनुसन्धानमा पठाउनेबारे छलफल भएको थियो ।
रविलाई सहकारी प्रकरणमा एक दुइदिनभित्रै पक्राउ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले प्रतिपक्ष दलको बैठकमा यस्तो जानकारी गराएका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकमा रास्वपा सभापति लामिछानेले पनि आफूलाई समाउन लागिएको र पक्राउविरुद्ध सबै उभिनु पर्ने बताएका थिए ।
उनले सरकारले फसाउने नियत लियो भन्दै मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ आफूलाई जस्तै समस्या भोलि जोसुकैलाई आइपर्ने उनको तर्क गरेका थिए । ‘मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत मैले पनि पाएको छु । यसमा सबैले साथ दिनुपर्यो भन्ने रविको निवेदन थियो’, बैठकमा सहभागी एक नेताले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी रहेको ब्रिफिङ गरेका थिए । बिहीबार मात्र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्ताका आधारमा प्रचण्डले रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए । प्रचण्डको ब्रिफिङमा सहमत लामिछानेले पक्राउ परिने संभावनाबारे जानकारी रहेको बताउँदै विपक्षीहरुको साथ मागेका थिए । बैठकमा सहभागी ती नेताका अनुसार बैठकले रवि लामिछानेको विषयमा एक भएर साथ दिने निष्कर्ष निकालेको छ । बैठकमा प्रचण्ड र रवि लामिछानेले पक्रउा पर्ने कुरा राखे पनि अरु नेताहरुले केही प्रतिक्रिया दिएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार