पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १३:४४:२५
२ कात्तिक, भोजपुर । भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ ।
स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछि आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने स्थानीयको भनाइ छ ।
यहाँ भदौ र वैशाखको पूर्णिमा गरी दुई पटक मेला लाग्छ । मेला बाहेक अन्य समयमा पनि झरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिसहर पुग्ने थालेका छन् । थप प्रचारप्रचार हुनसके यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् ।
झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा कोशी प्रदेश सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । झरना स्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचासमेत निर्माण गरिएको छ ।
छाँगे धाममा दर्शन गरेमा मनोकामना पूरा हुने रोगव्यादी निको हुने जनविश्वास रहेको स्थानीयबासी इन्द्रप्रसाद धमलाले बताए । “झरना प्राकृतिकरुपमा निकै सुन्दर छ”, उनले भने, “यहाँ दर्शन गरेर मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । यहाँ पुग्न भौगोलिक रुपमा विकट नै छ । यसको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटनको विकास गर्न सकिन्छ । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।”
झरनासम्म पुग्ने पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्ग व्यवस्थित गर्न सके पर्यटकलाई आउन सहज हुने उनले बताए । प्रकृतिले सुन्दर उपहार दिएको भएपनि यसबाट लाभ लिन नसेकेको भनाइ छ । सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विषेश ध्यान दिनुपर्ने स्थानीय देवचन्द्र राईले बताए । “ओझेलमा परेका यस्ता ठाउँको खोजीमा राज्यले ध्यान दिन आवश्यक छ” उनले भने “जिल्लाकै सबैभन्दा अग्लो झरना कसैको नजरमा पर्न सकेको छैन ।”
छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने उद्देश्यले षडानन्द नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरी केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने तयारी गरिरहेको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प
माघ १७, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा बढ्दै विदेशी पर्यटक
माघ १४, २०८१ सोमबार
पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर
माघ १४, २०८१ सोमबार
वडामै योजना सम्झौता : समय र खर्चको बचत
माघ १९, २०८१ शनिबार
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
माघ १९, २०८१ शनिबार
त्रिदेशीय महिला टी–२०: आज नेपाल र थाइल्याण्ड खेल्दै
माघ १९, २०८१ शनिबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
माघ १९, २०८१ शनिबार
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैंडा स्थानान्तरण
माघ १९, २०८१ शनिबार
भारतको बजेट आज सार्वजनिक हुँदै, नेपालले कति सहयोग पाउला ?
माघ १९, २०८१ शनिबार