रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालित, पक्राउपछि आजै पोखरा लगिने
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १८:२४:६
२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएपछि टोली खटाइएको हो ।
सीआईबी टोली पुग्नुअघि रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो उपस्थिति छ । सूचना संकलनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । समर्थकहरुको भिड र नारावाजीबीच उनलाई पक्राउ गरेर लैजाँदा कुनै तनाव नहोस् भन्ने उद्देश्यले व्यापक प्रहरी परिचालन गरिएको छ ।
लामिछानेलाई पक्राउ गरेर शुक्रबारै कास्की पठाउने तयारी छ । जिल्ला अदालत, कास्कीले रविलाई पक्राउ गर्न शुक्रबार अपराह्न अनुमति दिएको थियो । सहकारी समस्याबारे छानबिन गर्न १५ जेठमा बनेको संसदीय विशेष समितिले लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो ।
पार्टी कार्यालय पुगेको प्रहरी टोलीलाई लामिछानेलाई स्थलमार्गबाट पोखरा लाने भएको छ । प्रहरीसँग समन्वय भइरहेको बताउँदै उनले आफू सडकमार्गबाट पोखरा जाने धारणा राखेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उहाँ सडकमार्गबाट पोखरा जानुहुने छ । उहाँको साथमा हामी अरू केही साथीहरू पनि जाने छौँ, झाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार