रविको दोस्रो जेल यात्रा, सहकारीले बजायो घण्टी
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १९:५०:११
२ कात्तिक, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । शुक्रबार बेलुका आफ्नै पार्टी कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संगठित अपराध र सहकारी ठगीमा पक्राउ गरी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै कास्की प्रहरीको पत्राचारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रविलाई पक्राउ गरी कास्की पठाएको हो ।
ठूला राजनीतिक दलप्रति पलाएको निरासाको फाइदा उठाउँदै उनले असार ७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरेका थिए । असार १७ मा निर्वाचन आयोगमा दर्ता भयो । दर्ता भएको ५ महिनापछि भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा होमियो । राष्ट्रिय पार्टीसहित उदायो । रास्वपाले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी २० सिट जित्यो ।
राजनीतिमा नयाँ छवि बनाउने दाबी गरेका लामिछाने विवादरहित बन्न सकेनन् । राजनीतिक यात्राको प्रारम्भबाटै उनी विवादले घेरिए । निर्वाचनमा उमेदवार बनेपछि नै उनीविरुद्ध दोहोरो नागरिकता रहेको उजुरी परेको थियो । राजकुमार पाण्डेले लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उमेदवारी खारेजी हुनुपर्ने माग गरेका थिए ।
उनको उजुरीपछि चितवनको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्पष्टीकरण सोधेका थिए । उनको स्पष्टीकरणको जवाफ अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पठाएको थियो । तर, निर्वाचित भइसकेको भन्दै त्यो उजुरीबारे आयोगले निर्णय गरेन । र, उनी चितवन–२ बाट फराकिलो मतसहित निर्वाचित भए ।
पाँच वर्षअघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा न्युज २४ टेलिभिजनमा कार्यरत रहँदा रवि लामिछाने पक्राउ परेका थिए । उनीसँगै सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौँ प्रहरी परिसरको टोलीले उनीहरूलाई २०७६ साउन ३० गते पक्राउ गरेको थियो ।
पाँच वर्षपछि उनै लामिछाने दोस्रो पटक प्रहरी नियन्त्रणमा परेका छन् । उतिबेला उनी पत्रकारका रूपमा आफ्ना सहकर्मीको आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ परेका थिए । यस पटक पक्राउ पर्दा उनी प्रतिनिधि सभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्रीको हैसियतमा छन् । उनी सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् ।
पत्रकार पुडासैनी २०७६ साउन २२ मा चितवनको नारायणगढ बसपार्कमा रहेको कंगारु होटलमा मृत भेटिएका थिए । पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सञ्चारमाध्यममा आयो । त्यसकै आधारमा प्रहरीले लामिछानेलाई गिरफ्तार गरेको थियो । मोबाइलमा रेकर्ड गराएको भिडियोमा पुडासैनीले रविमाथि आफूलाई आत्महत्या गर्न बाध्य बनाएको गम्भीर आरोप लगाएका थिए ।
उतिबेला लामिछाने ११ दिनपछि चितवन जिल्ला अदालतको आदेशमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । अर्का पत्रकार कँडेल ३ लाख रुपैयाँ धरौटी राखेर रिहा भए भने कार्की साधारण तारेखमा रिहा भएकी थिइन् ।
आज सीआइबीका प्रहरी उपरीक्षक एसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले रविलाई पक्राउ गरी कास्की पठाएको छ । पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी प्रावधान भए पनि शुक्रबार पक्राउ परेकाले प्रहरीले रविलाई आइतबार मात्र अदालतमा उपस्थित गराउने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि सो पार्टीका नेता कार्यकर्ताहरुले नारबाजी गरेका थिए । पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले सभापति लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेलगत्तै त्यहाँ उपस्थित नेता कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन
कात्तिक २, २०८१ शुक्रबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
कात्तिक २, २०८१ शुक्रबार
लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कास्की प्रहरीले पठाएको पत्र
कात्तिक २, २०८१ शुक्रबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
कात्तिक २, २०८१ शुक्रबार
सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन
कात्तिक २, २०८१ शुक्रबार
आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष दाहाल
कात्तिक २, २०८१ शुक्रबार
१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला
कात्तिक २, २०८१ शुक्रबार
सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी
कात्तिक २, २०८१ शुक्रबार