१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार २१:११:०
२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा आज मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले भने, “अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनुहोस् ।”
नेता कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको स्वीकार गरे । उनले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पारे ।
विसं २०८२ मङ्सिर भित्रै पार्टीको महाअधिवेशन हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले समयमै महाधिवेशन हुन नसके सिङ्गो कांग्रेस पार्टी नै धराशायी बन्ने भएकाले समयमै महाधिवेशन गराउने कुरामा लाग्न जिल्ला–जिल्लाका नेताहरूलाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार