महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवरजस्ती करणी
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार ८:२०:४१
३ कार्तिक, महोत्तरी । महोत्तरीको बर्दिवासमा एक अटो चालकले १५ बर्षिय किशोरीलाई जवरजस्ती करणी गरेको घटना बाहिरिएको छ । भंगाहा घर भएका ३० बर्षिय अटो चालकले घरमा लगेर जवर्जस्ती करणी गरेको तिन दिनपछी खुलासा भएको हो । किशोरीको स्वास्थ्य अवस्था विग्रदै गएपछि अभिभावकहरूले सोधीखोजी गर्दा जवरजस्ती बलात्कृत भएको बाहिरिएको थियो ।
छोरीले आफू बलात्कृत भएको वताएपछि घटनाबारे पीडित परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा शुक्रबार उजुरी दिएका छन । बर्दिबास–१४ मा डेरा गरी बस्ने उक्त ३० बर्षिय पुरुषले किशोरीलाई मङ्गलबार कामको निहुँ बनाएर आफ्नै भाडाको कोठामा लगेर जबर्जस्ती गरेको पीडित परिवारको गुनासो छ ।
घटनाबारे सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दिबासले पीडित युवतीलाई स्वास्थ्य परिक्षणको लागि बर्दिबास अस्पताल पुर्याएको छ । परिवारले बलत्कार नै भएको दावी गरेतापनि घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान अगाडि वढाईएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले किटानी जाहेरी दिएका अटो (सफारीचालक) प्रहरीलाई सूचना आएपछी कोठामा नरहेको र उनको खोजी गरिरहेको इलाका कार्यालय प्रमुख रेवतिरमन पोखरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार