आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार ९:१६:४९
३ कात्तिक, काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ भने कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीलगायत पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौशाला धर्मशालाको विवाद अध्ययन गर्न मन्त्रालयले बनायो समिति
कात्तिक ५, २०८१ सोमबार
चितुवा बस्तीमा पसेपछि स्थानीय त्रसित
कात्तिक ४, २०८१ आइतबार
पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने
कात्तिक १, २०८१ बिहिबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
विपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र
कात्तिक ५, २०८१ सोमबार
खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ
कात्तिक ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, ८ घाइते
कात्तिक ५, २०८१ सोमबार
बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन
कात्तिक ५, २०८१ सोमबार
भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक छ: पूर्वप्रधानमन्त्री भट्टराई
कात्तिक ५, २०८१ सोमबार
अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै
कात्तिक ५, २०८१ सोमबार