दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार १०:१८:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/DELHI-POLLUTION.jpg_3mAtmnfLxS_MPUFCl762M.jpg)
३ कात्तिक, नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ । प्रदूषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिबार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको प्रदूषण स्तरमा सबै भन्दा बढी हो ।
यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी दिइएको छ । दिल्लीमा १३ प्रदूषण हटस्पट छन् । दिल्ली सरकारले प्रदूषण न्यूनीकरणका लागि समन्वय समिति गठन गरेर धुलो प्रदूषण कम गर्न राजधानीमा ८० वटा मोबाइल एन्टी स्मोग गन राखिएको बताएको छ ।
दिल्लीपछि पाकिस्तानको लाहोर शहरको एयर क्वालिटी इन्डेक्स ४१२ रहेको छ । यस सूचीमा काठमाडौँको एयर क्वालिटी इन्डेक्स अहिले १६२ रहेको छ जुन अस्वस्थ मानिन्छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था (खतरनाक) मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार