पोखरामा प्रशासनको हाइअलर्ट, सहकारी पीडित र रास्वपा कार्यकर्ता सडकमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार १०:५९:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/1727076733_protest_1-1200x560_16dXQZR0Hw_rURawpOkIH.jpg)
३ कात्तिक, पोखरा । पोखरा र आसपासका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकता र सहकारी पीडित सडकमा आएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सो पार्टीका सभापति रवि लामिछाने पक्राउ परेसँगै पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू आमनेसामने भएका छन् ।
रास्वपा कार्यकर्ताले लामिछानेको पक्राउ विरुद्ध प्रदर्शनको तयारी थाल्दै गर्दा सहकारी पीडितहरूले पनि सडकमा नाराबाजी सुरु गरेका छन् । लामिछानेको समर्थनमा रास्वपाले मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शनको कार्यक्रम राखेको छ । सहकारी पीडितहरूले पनि गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शनमा छन् ।
सहकारी पीडितहरूले सामाजिक सञ्जालमा गैह्रापाटनमा उपस्थित हुने सूचना पोस्ट गरिरहेका छन् । गैह्रापाटन जिल्ला प्रहरी कार्यालय भएको ठाउँ हो । जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्षलाई प्रदर्शन नगर्न आग्रह गर्दै आएको छ । दुवै पक्षले प्रदर्शनको तयारी थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा ल्याएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गए पूर्वडीआईजी जोशी
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार