शान्ति सुरक्षा कायम राख्न गरिएको आग्रहलाई अटेर गरे बल प्रयोग गर्ने कास्की प्रशासनको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार ११:५५:१६
३ कात्तिक, पोखरा । पोखरा र आसपासका क्षेत्रमा नारा जुलुस नगर्न आग्रह गर्दै कास्की जिल्ला प्रशासन कार्यालयले आग्रह नमाने बल प्रयोग गर्ने चेतावनी दिएको छ । विहान बसेको जिल्ला सुरक्षा समन्वय समितिको बैठकपछि प्रशासनले नारा जुलुस नगर्न आग्रह गरेको हो । पोखरा क्षेत्रलाई शान्तिपूर्ण बनाउने विषयमा प्रशासन र राजनीतिक दल तथा सहकारी पीडितका प्रतिनिधिसँग पनि छलफल भएको छ ।
सर्वपक्षीय बैठकमा सबैले शान्ति कायम राख्न सहयोग गर्ने विषयमा सहमति भएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडितका प्रतिनिधिलाई नारा जुलुस नगर्न आग्रह गरिएको कास्की जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नेपाल बहसलाई जानकारी दिए । उनले विहान रास्वपाका कार्यकता र सहकारी पीडित प्रदर्शनका लागि सडकमा आएको र प्रशासनले छलफल गरी नारा जुलुस नगर्न आग्रह गरेपछि सहकारी पीडितहरु फर्किएको बताए । उनले बलजफ्ती गरे प्रशासन बल प्रयोग गर्न बाध्य हुने बताए ।
रवि लामिछानेलाई सहकारी ठगीको आरोप पक्राउ गरी पोखरा पुर्याएपछि शनिबार विहानै देखि रास्वपाका कार्यकता सडकमा आएका थिए । उनीहरु सडकमा प्रर्दशनका लागि निस्किएको भन्दै सहकारी पीडितहरु पनि सडकमा आएका थिए । रास्वपाका कार्यकता र सहकारी पीडित सडकमा आएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सो पार्टीका सभापति लामिछाने पक्राउ परेसँगै पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू आमनेसामने भएका थिए ।
रास्वपा कार्यकर्ता अहिले पनि सडकमा रहेपनि सहकारी पीडितहरुले भने आज प्रदर्शन नगर्ने भएका छन् । सहकारी पीडित संघका अध्यक्ष किरण श्रेष्ठले पोखरालाई शान्तिपूर्ण राख्न प्रशासनले आग्रह गरेपछि आफूहरुले प्रदर्शन रोकेको बताए । नेपालबहससँग कुरागर्दै श्रेष्ठले विभिन्न जिल्लाबाट रास्वपाले पोखरामा मान्छे उतार्ने भनेपछि आफूहरुले पनि रविमाथि कारवाहीको माग गर्दै प्रदर्शनको तयारी गरेको बताए । उनले रास्वपाले पनि रवि लामिछानेमाथि निस्पक्ष अनुसन्धान गर्न सहयोग गर्नुपर्ने बताए ।
श्रेष्ठले पर्दशन नगर्ने बताएपनि ठूलो संख्यामा सहकारी पीडितहरु सडकमा देखिएका छन् । यस्तै प्रशासनसँग सहमतिपछि पनि रास्वपाका कार्यकर्ता जिरो किलोमिटरमा भेला भएर रास्वपा कार्यकर्ता चिप्लेढुङ्गा मानवअधिकार चोकमा कोण सभा गर्ने तयारी गरेका छन् । सभापतिमाथि प्रतिशोध साँध्न पक्राउ गरिएको हो, यसैका विरुद्ध विरोध सभा आयोजना गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार