कास्की हिरासतमा रहेका रविविरुद्ध गोर्खा मिडियाका नाममा सहकारीबाट ६५ करोड ठगेको अभियोग
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार १३:४८:४६
३ कात्तिक, पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरसतमा छन् । रास्वपाले गण्डकी प्रदेशका सबै जिल्लाबाट आज शनिबार पोखरामा पोखरामा कार्यकर्ता उतार्ने भन्दै सर्कुलर जारी गरेको थियो । तर, रविले सोचेभन्दा धेरै कम मात्र पोखरामा देखिए । उनको समर्थनमा प्लेकार्ड बोकेका कार्यकतामा उत्साह थिएन । करले आएको जस्तै उनीहरुको अनुहारले बताइरहेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको हो । जिबी राईसँग मिलेर गोर्खा मिडियाका नाममा सहकारीबाट ६५ करोड ठगेको अभियोग रविमाथि छ । लामिछानेकै योजना अनुसार ग्यालेक्सी टीभी स्थापना भएको थियो । सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषणअनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थ लिमिटेड, पोखरामा मिति २०७७ चैत ३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु ९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको अकाउन्टपेयी चेक नम्बर ३६२९१४७८ मार्फत भुक्तानी दिएको कुरा अहिले प्रहरीले हेरिरहेको छ ।
उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिएको भन्ने खुलेको छैन् । सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिहेको छ । सहकारीको रकम अपचलनसम्बन्धमा छानविन गर्न बनेको संसदीय समितिको प्रतिवेदन अनुसार पनि कम्पनी रजिष्टारको कार्यालयमा १४ भदौ २०७७ मा दर्ता हुँदा प्राविधिक कारणले गोर्खा मिडिया नेटवर्कमा जिबी राई र छविलाल जोशी मात्र सञ्चालक थिए । केही समयपछि लामिछाने १५ प्रतिशत शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए ।
त्यसबेला जिबीसहितको टोलीले टेलिभिजनमा ३ अर्ब लगानी गरेको बताइएको छ भने राईको लगानी भएपनि टिभीका लागि आवश्यक सामग्रीहरुको खरिद, कर्मचारी व्यवस्थापन, तलब लगायतका सबै विषयमा रविकै हैकम थियो । शुक्रबार पक्राउ परेका लामिछानेलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत राखिएको हो । भोली अदालत लगेपछि प्रहरीले यीनै विषय अनुसन्धान अगाडी बढाउनेछ ।
लामिछाने पाँच वर्षअघि ३० साउन २०७६ मा पनि पक्राउ गरेका थिए । त्यसबेला लामिछानेमाथि पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको आरोप थियो । अहिले सहकारी ठगीमा उनी समातिएका हुन् । यसअघि समितिलाई दिएको बयानमा रविले जिबी राईले म लगायत सयौं व्यक्तिहरूका नाममा लिएको ऋण नक्कली खाता हो भनेर प्रमाण नै जुटाइसकिएको बुझेको छु । ऋण लिदा पूरा गर्नु पर्ने कुनैपनि प्रक्रियाहरू पुरा नभएको पनि बुझेको छु, भनेका थिए ।
रोशनी गुरूङ स्वयमंले आफ्नो बयानमा कसैले भनेका कारण उक्त रकम जम्मा गरेको भनेको विवरण सार्वजनिक भएको नै छ। उनका बयानहरूले स्पस्ट पारेका छन् भन्ने मलाई लागेको छ । उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरिएको फाराम, तिनपुस्ते विवरण लगायत ल्याप्चे हस्ताक्षर समेत नभई खोलिएको भनेर अनुसन्धानले बताएको जानकारी पाएको छु । रोशनी गुरूङको बयान अनुसार सहकारीको व्यावस्थापक सागर के.सी. ले जम्मा गर्नेको नाम रवि लामिछाने पनि राख्नु भनेको पाएको छु । उक्त ऋण लिने व्यक्ति म नभएकोले कम्पनीमा गएको ऋणको जिम्मेवारी सम्बन्धित व्यक्तिलेनै लिनु पर्छ,रविले भनेका थिए ।
संसदीय छानबिन समितिको भनाइमा त्यतिबेला गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसाबाहेक अरु केहीको पैसा खर्च भएको छैन, त्यसैले सहकारीको पैसा खर्च गरेर अपचलन गरेकाले कारबाहीको भागेदार हुनुपर्छ । तर, सहकारीको रकम अपचलनमा संलग्न रहेको प्रश्न उठेसँगै रविले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् । आफू सहकारीको सदस्य नभएको र फारम भरेर ऋण पनि नलिएको उनको दाबी छ । संसदीय समितिमा दिएको बयानमा त उनले ‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन’ भन्ने दाबी गरे ।
छानबिन समितिका सदस्यहरुका अनुसार, रवि लामिछानेले दाबी गरेजस्तो उनको व्यक्तिगत खातामा सहकारीहरुको पैसा गएको छैन । आफैंले फराम भएर सहकारीबाट ऋण लिएर नतिरेको पनि होइन । तर, सहकारीको रकम उनको पेटमा नपरेको दाबी ‘झुटो’ मात्र होइन, हिनामिनामा उनको संलग्नता रहेको संसदीय छानबिन विशेष समितिले देखाएको छ । समितिका अनुसार जीबी राईको समूहले सञ्चालन गरेको सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको ८ अर्ब अपचालन भएको छ । गोर्खा मिडिया नेटवर्कका साथै जीबी राईले सञ्चालन गरेको कम्पनीहरुमा यो रकम प्रवाह गर्दा कुनै पनि कागजी प्रक्रिया पुरा गरिएको छैन । न जीबी राईले फराम भरेर पैसा लिएका हुन्, न अरुले ।
समितिका अनुसार सहकारीको रकम गोर्खा मिडियामा प्रत्यक्ष रुपमा ६५ करोड रुपैयाँ आएको छ । अरु रकम भने जीबीले सञ्चालन गरेको कम्पनीहरुमार्फत आएको देखिन्छ । कतिसम्म भने गोर्खा मिडिया नेवर्कको स्थापना नै सहकारीको रकम दुरुपयोगबाट भएको पाइएको छ । गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) खोल्ने समयमा ५ करोड पुँजी तोकिएको थियो । रवि लामिछानेले १५ प्रतिशत शेयर लिए । यसवापत उनले ७५ लाख रुपैयाँ हाल्नुपर्ने थियो । यो रकम जीबी राईले व्यवस्थापन गरेको रविको दाबी छ ।
तर सहकारी छानबिन समितिको अध्ययनका क्रममा (रविको नामको ७५ लाखसहित) ५ करोड रुपैयाँ सहकारीको बचत अपचलन गरेर ल्याएको पाइएको छ । रवि सुर्यदर्शन सहकारीका बचतकर्ता थिएनन् । त्यसैले सृजनाचोक, पोखरा ठेगाना राखेर रविको नाममा ७५ लाख ऋण प्रवाह भएको देखाइयो । गोर्खा मिडिया नेटवर्कको पूँजी बढाएर १२ करोड पु¥याइयो । १५ प्रतिशत शेयर वापत रविले १ करोड ८० लाख रुपैयाँ हाल्नुपर्ने भयो । यो रकम बुटबलको सुप्रिम सहकारीबाट ल्याइएको पाइएको संसदीय समितिले बताएको छ । रवि, सुप्रिम सहकारीको पनि सदस्य थिएनन् । त्यसैले उनको नाममा ऋण जारी भएन । रवि लामिछाने, बुटवल ११ को ठेगानामा फर्जी ऋणी खडा गरेर रकम निकालियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार