प्रधानमन्त्री नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार १७:५३:४४
३ कात्तिक, काठमाडौं । लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ ।
इजरायली सरकारका प्रवक्ताले प्रधानमन्त्री नेतन्याहु र उनकी श्रीमती दुबै यस आक्रमणको समयमा घरमा उपस्थित नभएको र यसमा कुनै मानवीय क्षति नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहुको घर शिजरिया क्षेत्रमा छ । यसअघि इजरायली सेनाले शनिबार बिहान इजरायलतर्फ तीनवटा ड्रोन आक्रमण भएको बताएको थियो ।
यी मध्ये एउटा ड्रोनले भवनलाई निशाना बनाएको थियो भने अन्य दुईलाई इजरायलले रोकेको थियो । एक सामाजिक सञ्जाल पोस्टलाई उद्धृत गर्दै भनिएको छ, ड्रोनले निशाना बनाएको भवन नेतान्याहुको व्यक्तिगत निवासको हिस्सा थियो ।
यसअघि इजरायली रक्षा बल 'आईडीएफ' ले शुक्रबार राति करिब २० वटा मिसाइल लेबनानबाट इजरायलमा प्रवेश गरेको जानकारी दिएको थियो । यी मध्ये केही क्षेप्यास्त्रहरू रोकिएका छन् भने केही क्षेप्यास्त्रहरू खुला ठाउँमा खसेको आइडीएफले जनाएको छ ।
एक टेलिग्राम पोष्टमा, हिजबुल्लाहले शुक्रबार राति इजरायलको उत्तरी क्षेत्रहरू, सफेद, मलाकिया र एविविममा धेरै रकेटहरू प्रहार गरेको जानकारी दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै लिनसक्ने
पुष १, २०८१ सोमबार
जतगढीमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार