क्युबामा देशभर विद्युत अवरुद्ध
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार १८:३०:११
३ कात्तिक, काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर विद्युत् अवरुद्ध भएको छ ।
विद्युत् प्रणाली पुनर्स्थापनाका सम्बन्धमा अधिकारीहरुले कति समय लाग्छ थाहा नभएको बताएका छन् । क्युबामा पहिले नै लामो विद्युत कटौती भएको थियो, जसका कारण देशका प्रधानमन्त्रीले ुऊर्जा संकटकालु घोषणा गर्नुपरेको थियो ।
यद्यपि, शुक्रबार, मातान्जासमा देशको सबैभन्दा ठूलो एन्टोनियो गुटेरेस पावर प्लान्टको विफलताका कारण लगभग सम्पूर्ण देश बिजुली गुमायो ।
यस उर्जा संकटमा क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजले उर्जा संकट समाधान गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । यो अवस्था सच्याउन नसक्दासम्म कसैलाई पनि आराम नहुने उनले बताएका छन् ।
शुक्रबार, क्युवाको सरकारले सबै विद्यालय र नाइटक्लबहरू बन्द रहने घोषणा गरेको थियो । साथै, संकटलाई ध्यानमा राख्दै सबै अनावश्यक गतिविधि बन्द गर्न र मानिसहरूलाई घरमै बस्न अपील गरिएको छ ।
क्युबाली स्थानीय सञ्चारमाध्यमका अनुसार अत्यावश्यकबाहेकका सरकारी सेवाहरू निलम्बन गरिएको छ । जनतालाई फ्रिज र त्यस्ता बिजुली खपत गर्ने उपकरणहरू बन्द राख्न पनि अपिल गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार