पार्टीले भातृ संस्थाहरूलाई महत्व नदिएकोप्रति डा. शेखर कोइराला असन्तुष्ट
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार १९:२३:१७
३ कात्तिक, मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीले भातृ संस्थाहरूलाई अझै पनि महत्व दिन नसकेको स्वीकार गर्दै यसले पार्टीका गतिविधिहरूमा समेत असर पर्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेता कोइरालालाई भेट्न विराटनगर स्थित कोइराला निवास पुगेका नेपाल किसान महासंघका पदाधिकारीहरूको भेटमा नेता कोइरालाले पार्टीको मेरुदण्डका रूपमा रहेका भातृ संस्थाहरू निष्क्रिय बन्दा पार्टीलाई नै घाटा पुगिरहेको प्रति चिन्ता व्यक्त गरेका थिए ।
नेपाल किसान महासंघका केन्द्रीय सदस्य सीताराम भट्टराईको नेतृत्वमा कोइराला निवास विराटनगर पुगेको टोलीमा नेपाल किसान महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र भट्टराई र कोशी प्रदेश सचिव यज्ञप्रसाद भट्टराईसहित नेपाली कांग्रेसका महासमिति सदस्य रोहित कुमार शाह सहित झापा कांग्रेसका नेताहरूको उपस्थिति रहेको महासंघले जनाएको छ ।
कांग्रेस नेता कोइरालासँगको भेटमा नेपाल किसान महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले कोशी प्रदेशमा महासंघले हालसम्म गरेका कामहरूको बारेमा जानकारी गराएका थिए भने महासंघका कोशी प्रदेश सचिव यज्ञप्रसाद भट्टराईले महासंघको आसन्न महाधिवेशनमा पार्टीले गर्नुपर्ने सहयोगको विषयमा कुरा गरेका थिए । महासंघका कोशी प्रदेश सचिव यज्ञप्रसाद भट्टराईले किसानले वर्षेनी ब्यहोर्नु परेको प्राकृतिक प्रकोपबाट हुने गरेको क्षतिबाट किसानलाई बचाउन कृषि वीमालाई अनिवार्य गराउन सरकारलाई दवाव दिनुपर्ने माग समेत राखेका थिए ।
नेपाल किसान महासंघका केन्द्रीय सदस्य सीताराम भट्टराईले नेपाली कांग्रेसको सबैभन्दा ठूलो र पुरानो भातृसंगठनका रुपमा कृयाशिल नेपाल किसान महासंघलाई सशक्त र प्रभावशाली बनाउन सके ग्रामीण क्षेत्रसम्म कांग्रेसको संगठन बलियो हुने भएकोले पार्टीका नेताहरूले नेपाल किसान महासंघका कार्यक्रममा उपस्थित भएर किसान महासंघको हौसला बढाउनु पर्ने धारणा राखेका थिए ।
प्रतिउत्तरमा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले आफू नेपाल किसान महासंघप्रति सधैं सकारात्मक र आशावादी समेत रहेको भन्दै किसान महासंघले आयोजना गर्ने कार्यक्रममा उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार