मकै बेचेर जीवन निर्वाह
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार ९:३५:२६
४ कात्तिक, धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछिन् । दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त देखिन्छिन् ।
उनले पोलेको सानो मकै घोगा रु २० र ठूलो मकै रु ४० सम्ममा बिक्री गर्दै आएकी छन् । उनले भनिन्, “विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।” दिनमा मकै बेचेर रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताइन् । “महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाई हुन्छ”, उनले भनिन् ।
इटहरी–२ की पार्वती चौधरी तीन वर्र्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छन् । उनले भनिन्, “बेमौसममा भने काचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु ।”
मकै प्रतिघोगा रु १० देखि रु १५ मा खरिद गरेर रु २० देखि रु ३५ सम्ममा बिक्री गर्ने गरेको चौधरीले बताइन् । फुर्सदको समयमा उहाँले बिहान जङ्गल गएर दाउरा सङ्कलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन् । उनले भनिन, “बिहान दाउरा खोज्न जान्छु, जङ्गलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु । बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु । महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाइ हुन्छ, यसैबाट घरखर्च चलाउने गरेकी छु ।”
इटहरी–६ की सङ्गीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको बताइन् । उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छन् । मण्डलले भनिन्, “अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ ।” महिनामा रु २० हजारसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनले बताइन् । इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरु धेरै भेटिन्छन् । पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । उनीहरुको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनवटै विमान उडानमा छन्ः वायुसेवा निगम
कात्तिक ४, २०८१ आइतबार
माटोका भाँडा बनाउन भ्याइनभ्याई
कात्तिक ४, २०८१ आइतबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक ४, २०८१ आइतबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
कात्तिक ४, २०८१ आइतबार
हिरासतमा सर्वसाधारण र भीआईपीमा भेदभावः अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी
कात्तिक ४, २०८१ आइतबार
रवि लामिछानेमाथि कडा कारवाहीको माग गर्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
कात्तिक ४, २०८१ आइतबार
हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार
कात्तिक ४, २०८१ आइतबार
तीनवटै विमान उडानमा छन्ः वायुसेवा निगम
कात्तिक ४, २०८१ आइतबार
सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने
कात्तिक ४, २०८१ आइतबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
कात्तिक ४, २०८१ आइतबार
साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश
कात्तिक ४, २०८१ आइतबार