चिनियाँ नेतासँग प्रधानमन्त्रीले भने, यो सरकारले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिँदैन
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार ११:५३:२०
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताएका । प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराएका छन् ।
ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांङ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । यो क्रममा ओलीले चीन विरुद्ध नेपाल भूमि प्रयोग हुन नदिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे ।
चिनियाँ नेता छेन्ले आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सँधै साथ रहने स्पष्ट गरे । उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताए ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्य द्वय डा अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक छः अर्थमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ : सभापति देउवा
कात्तिक १५, २०८१ बिहिबार
तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ: उपराष्ट्रपति
कात्तिक १५, २०८१ बिहिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
कात्तिक १४, २०८१ बुधबार
बलिउड फिल्म 'सिंघम अगेन' र 'भूल भुलैया- ३' साउदी अरबमा प्रतिबन्ध !
कात्तिक १५, २०८१ बिहिबार
उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण
कात्तिक १५, २०८१ बिहिबार
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’
कात्तिक १५, २०८१ बिहिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
कात्तिक १५, २०८१ बिहिबार
नगरवासीलाई सहुलियत शुल्कमा फूल
कात्तिक १५, २०८१ बिहिबार
कन्जुस नगरी विजुली बाल्नु, पर्याप्त छः प्राधिकरण
कात्तिक १५, २०८१ बिहिबार