देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १३:३०:२०
४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला तीन दिनदेखि विराटनगरमा छन् । दशैंको टीका विराटनगरमा लगाएर काठमाडौं आउने र विशालनगरमा रहेकाे सचिवालयमा नेता कार्यकर्तालाई टीका लगाइदिने पूर्व कार्यक्रम रहे पनि उनी विराटनगर फर्किए । दशैंमा पार्टी सभापति देउवा नभेटि उनी विराटनगर फर्किएको बारे केही नेताहरूले चासो राखेका छन् । तर, उनी र देउवा बीच राजनीतिक दल सम्बन्धी अध्यादेशलगायतका विषयमा छलफल भएर नै विराटनगर गएको देउवा पक्षका एक नेताले नेपालबहसलाई बताए ।
कांग्रेसका एक नेताले बताए अनुसार शुक्रबार डा. शशांक कोइरालाको महाराजगञ्ज स्थित सचिवालयमा पनि शेखर कोइराला विराटनगर गएकोबारे चर्चा चलेको थियो । उनी विराटनगर हुँदै भारतसम्म पुग्ने केही नेताले बताएका थिए । मन्त्री दीपक खड्का लगायतका नेता शशांकको सचिवालयमा थिए । कांग्रेसको आन्तरिक भन्दा सरकार परिवर्तन हुने कुरामा धेरै चर्चा भएको थियो । कांग्रेसमा संसदीय दलको नेता परिवर्तन हुने कुरा पनि गाइगुइ हुन थालेको छ । शेखर दशैंको टीका नलगाई विराटनगर फर्किएकोमा उनी पक्षकै नेताहरु पनि प्रश्न गरिरहेका छन् ।
कांग्रेस इतर समूहका नेता प्रकाश स्नेहीले कोइरालाले आफूहरूलाई दशैंको टीका नलगाई विराटनगर गएकाले कांग्रेस भित्रको राजनीतिमा केही छ कि भन्ने आशंका जन्माएको नेपालबहसलाई बताए । कांग्रेस दोस्रो तहका नेतामा यतिबेला ओली सरकार परिवर्तन हुने कुराले निकै चासो बढाएको छ । शीर्ष नेताहरु विशेष कामले आउजाउ गर्दा पनि केही परिवर्तन हुन लागेको हो कि भन्ने चर्चा एकआपसमा गर्न थालेका छन् । कांग्रेसमा मात्र हैन सत्ता नेतृत्व गरिरहेको नेकपा उमालेका तल्लो तहका नेताहरूमा पनि ओली सरकार ढल्ने हो कि भन्ने आशंका व्याप्त छ ।
दुवै पाटीका यो तहका नेताहरु मंसिर भित्र केही राजनीतिक परिवर्तन आउने बताइरहेका छन् । ओली फेरिएर एमालेबाट अर्को व्यक्ति प्रधानमन्त्री बन्ने वा कांग्रेसमा संसदीय दलको नेता परिवर्तन भएर कांग्रेस नेतृत्वमा सरकार बन्ने अहिले बजारमा नेताहरूले नै गर्ने चर्चा हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो सर्कलका नेताहरूलाई आफू शारीरिक रुपमा कमजोर भएको र संसदीय दलको नेता कसलाई बनाउने भनेर छलफल थालेको एकथरी नेताको बुझाई छ ।
यसैले पनि कांग्रेसभित्र आगामी पुस १६ भित्र ठूलै परिवर्तन हुने चर्चा चलिरहेको छ । चर्चा अनुसार सभापति देउवाले शेखर कोइराला, गगन थापा वा आरजु राणामध्ये कसैलाई संसदीय दलको नेता बनाउने छन र यो ओली सरकार परिवर्तन हुन्छ । कांग्रेस नेतृत्वमा नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल मिलेर सरकार बन्छ । केही उपल्लो तहका नेताहरूले नेपालमा यो परिवर्तन नभए भारतले अनिश्चितकालकाे नाकाबन्दी गर्छ भनेर हल्ला पनि फैलाउन थालेका छन् । तर, यो चर्चाबीच विराटनगर पुगेका शेखर कोइरालाले भने पार्टीका नेताहरूको भनाइभन्दा फरक अभिव्यक्ति दिएका छन् ।
संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने चर्चामा रहेका कोइरालाले भने विराटनगर पुगेर एमाले अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएका छन् । उनले सरकार ढल्छ कि भनेर सपना नदेख्न पार्टीका नेता र विपक्षी दललाई सुझाएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहमा नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको र तत्काल बजारमा आए अनुसारको राजनीतिक परिवर्तन नहुने स्पष्ट पारे ।
उनले आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताएपछि कांग्रेसभित्र कोइरालाको यो भनाई उल्टो हुनसक्ने तर्क आउन थालेका छन् । सरकार ढल्दैन भन्दै गर्दा कोइरालाले मन्त्रीहरू फेरिन सक्ने संकेत गरेका छन् । कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको भन्दै ढाल्ने कुरा गर्न नहुने बताएका थिए ।
अहिले सरकार ढाल्नुपर्ने, त्यस्तो कमजोर त्यान्द्रोमा यो सरकार उभिएको छैन । एमालेले चाह्यो, केपी शर्मा ओलीले चाहनुभयो भने यो सरकार ढल्छ । मैले चाहेर ढल्दैन । नेपाली कांग्रेसले चाहेन भनेपनि यो सरकार टिक्दैन । गगन थापा, विश्वप्रकाश शर्माले चाहेर पनि ढल्दैन । केपी शर्मा ओली र शेरबहादुर देउवाले चाहनु भयो भने यो ढल्छ । अरु बाँकीको हकमा कुरा नगरौँ, उनले भनेका छन् । सुशासन कायम गर्न निर्मम रूपमा प्रस्तुत हुनु उनले ओलीलाई सुझाव पनि दिएका छन् ।
शनिबार कोइरालाले सरकार परिवर्तन हुँदैन र ओली नै प्रधानमन्त्री रहने बताएपनि साँझ कांग्रेसका केही पदाधिकारीसहितका नेताहरु ज्ञानेश्वरकै एक कफिसपमा जम्मा भएका थिए । उनीहरूबीच देउवाले आरजुलाई प्रधानमन्त्री बनाउने परिस्थिति बनाउन खोजेको विषयमा चर्चा भएको थियो । देउवाको मुड फेरियो र साच्चै सरकार परिवर्तन हुने खेल भारतले खेलिरहेको हो भने भने कांग्रेसमा संसदीय दलको निर्वाचन हुनसक्ने दावी उनीहरुको थियो । कोइराला पक्षका एक नेताले भने, बजारमा यस्तो हल्ला भइरहेको छ शेखर दाई काठमाडौं फर्किएपछि हामी सामूहिक छलफल गर्छौ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार