ब्राजिलका स्टार खेलाडी नेइमार एक बर्षपछि मैदानमा फर्किदै
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १४:८:२७
४ कात्तिक, काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार एक बर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेइमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ ।
नेइमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस्थान समेत गरेका छन् ।
२०२३ को अगस्तमा अल हिलाल आएका नेइमारले गत बर्षको अक्टोबरमा राष्ट्रिय टिमको खेलमा घाइते भएपछि एक बर्ष मैदानबाट बाहिर रहेका थिए । नेइमारले अल हिलालका लागि अहिलेसम्म केवल ५ खेल खेलेका छन् ।
च्याम्पियन्स लिगको खेल खेल्न पाएपनि साउदी प्रो लिगमा भने नेइमार जनवरी अगाडी खेल्न नपाउने भएका छन् । अल हिलालले नेइमारको इन्जुरी ठिक हुने सुनिस्चितता नभएपछि विदेशी खेलाडीको कोटामा अन्य खेलाडीलाई लिगमा दर्ता गरेको छ ।
त्यसैले नेइमार साउदी लिगमा फर्किन भने जनवरीसम्म पर्खिनुपर्ने भएको छ । यस बिचमा उनले ब्राजिलको राष्ट्रिय टिममा कमब्याक भने गर्ने भएका छन् । अल हिलालसँग नेइमारको आगामी जुनसम्म सम्झौता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार